(ABC-Sanchar) काठमाडौं । पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफका नेता शाह महमूद कुरैशीलाई पक्राउ गरिएको छ । पाकिस्तानले इमरान खानका पार्टीका अन्य नेतालाई धमाधम पक्राउ गरिरहेको छ ।पक्राउ पर्नु अघि कुरैशीले रेकर्ड गरिएको भिडियोमा भने, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ । म एक सन्देश दिन चाहन्छु । यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामी […]
(ABC-Sanchar) काठमाडौं । बिरामी बोकेको एम्बुलेन्स पनि प्रदर्शनकारीको निशानामा परिरहेका छन् । सोसल मिडियामा यस्ता भिडियो छन् जसमा प्रदर्शनकारीले एम्बुलेन्समा समेत आगलागी गरिरहेका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले यसबारे कुरा उठाएका छन् । शरिफले भने, ‘पाकिस्तानको ७५ वर्षको इतिहासमा यस्तोे दृश्य कहिल्यै देखिएको थिएन । मानिसलाई निकालेर एम्बुलेन्समा आगलागी गरिएको छ । निजी गाडीलाई […]
(ABC-Sanchar) इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान बुधबार इस्लामावादको विशेष अदालतमा भ्रष्टाचारको आरोपमा सुनुवाइको लागि उपस्थित भएका छन् । अर्धसैनिक बलले उनलाई यहाँको अदालतबाट गिरफ्तार गरेपछि देशभर व्यापक विरोध प्रदर्शन भएको छ ।
(ABC-Sanchar) काठमाडौं । पाकिस्तान आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको हो । इस्लामावाद प्रहरीका तर्फबाट महानिरीक्षक अकबर नासिर खानले विज्ञप्ति जारी गर्दै उनी पक्राउ परेको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘ पक्राउ पर्नु सामान्य हो।’ इमरान खानको पार्टी पाकिस्तान तहरिक ए […]
(ABC-Sanchar) काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदाले एक र्यालीलाई सम्बोधन गर्न लागेका बेला ठूलो विष्फोटको आवाज सुनिएको छ । यसपछि उनलाई त्यहाँबाट सुरक्षितरुपमा निकालिएको छ । यो घटना देशको पश्चिमी शहर वाकायामामा शनिबार बिहान भएको हो। प्रधानमन्त्री किशिदामाथि स्मोक बम प्रहार भएको बताइएको छ । टिभी फुटेजमा अधिकारीहरूले क्षेत्र खाली गर्दै र एक व्यक्तिलाई घटनास्थलबाट […]
(ABC-Sanchar) काठमाडौं । दक्षिण इक्वेडर र पेरुको उत्तरी भूभागमा शक्तिशाली भूकम्प गएको छ । शनिबार राति १० बजेर ५७ मिनेटमा इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट ५० माइल पर केन्द्रविन्दू बनाइ भूकम्प गएको हो । भूकम्पमा परि कम्तीमा १५ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सबैभन्दा बढी क्षति दक्षिणी प्रान्त एलरोमा भएको ग्रार्जियनले लेखेको […]
(ABC-Sanchar) मस्को । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाएको हो । यी अपराधहरूमा युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने पनि समावेश छ । यी अपराध युक्रेन मा २४ फेब्रुअरी २०२२ देखि भएको उल्लेख, जब रूसले आफ्नो पूर्ण मात्रामा आक्रमण सुरु […]
न्युजिल्याण्डको केर्माडेक टापुमा शक्तिशाली भूकम्प गएको छ । शनिबार बिहान सो टापुमा ६ः ४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र शुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको बताइएको छ । भूकम्पको असरबारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ […]
(ABC-Sanchar) काठमाडौं । अफगानिस्तानको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी चार जनाको मृत्यु भएको छ । उत्तरी बदख्सान प्रान्तको अर्घान्जख्वा जिल्लाको एउटा गाउँमा हिमपहिरोमा परी उनीहरूको ज्यान गएको सूचना तथा संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक कारी माजुदिन अहमदीले जानकारी दिएका छन् । एजेन्सी
(ABC-Sanchar) टर्की । सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ७ हजार ८ सय नाघेको छ । सोमबार बिहान गएको भूकम्पले घर भत्काउँदा सरिया र टर्कीमा गरी करिब ८ हजारको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । एएफपी समाचार संस्थाले सार्वजनिक गरेको तथ्यांक अनुसार टर्कीमा ५,८९४ र सिरियामा कम्तीमा […]