काठमाडौं । जेनजी प्रदर्शनमा ‘टिओबी’को टिसर्ट लगाएर आतङ्क मच्चाउने समूहका कमाण्डर तेन्जिङ दावा लामा धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेश अनुसार उनी ५ लाख २० हजार धरौटी तिरेर छुटेका हुन् । उनलाई मंगलबार थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । प्रहरीले तेन्जिङ विरुद्ध नागरिकता, राहदानी, लिखत सम्बन्धी […]
बाँके । नेपालगन्ज ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेले भारतबाट अवैधरुपमा साना हातहतियार तथा विस्फोटक पदार्थ भित्रिन सक्ने खतरालाई मध्यनजर गरि ईलाका प्रहरी कार्यालय जमुनाहा नाकामा कडाई गरेको छ । भारतबाट अवैधरुपमा साना हातहतियार तथा लागु औषध भित्रिने खतरालाई मध्यनजर गरि भारतबाट नेपाल आउनेमाथि कडाई सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले […]
काठमाडौं । नेपालमा पुरुषहरुले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेको त हामीले सुनेकै छौं । तर, नेपालमा चुरोटको धुवाँ उडाउने महिलाको संख्या पनि कम छैन । सहरका कफीसप र क्याफेहरुमा चुरोटको धुँवा उडाइरहेको भेटिनेहरु नयाँ पुस्ताका लम्मली हुन् भने गाउँघरमा पुरानो पुस्ताका महिलाहरुले पनि सूर्ति सेवन गर्नेगरेको पाइन्छ । स्वास्थ्य मन्त्रालयको एक तथ्यांक अनुसार नेपालमा […]
काठमाडौं । सोमबार बसेको बढुवा समितिको बैठकले ईन्जिनियरिङ उपसमूह आवास तथा भौतिकतर्फ रिक्त एसएसपी पदमा डंगोललाई बढुवा सिफारिस गरेको हो । बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी कोशी प्रदेश प्रहरी कार्यालय भौतिक […]
काठमाडौं । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्दै प्रसाईँले माफी मागेका हुन् । उनले भने ‘मैले बाहिर भनेका कुरामा सरी भन्छु। माफी माग्छु। तपाईँ माता हो, दुर्गा हो। दुर्गाको रूप धारण गरेर काम गर्नुहोस्। तपाईँको साथमा हामी छौँ। यो सरकारको पक्षमा हामी हुन्छौँ। सगरमाथाजस्तै अटल भएर यो सरकारको पक्षमा उभिन्छौँ।’ त्यस […]
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको कार्यालय तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियमसम्बन्धि सचेतना कार्यक्रम गर्नुका साथै हुस्सु, कुहिरोको कारणले हुन सक्ने सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी साधनमा रेडियम स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
बाँके । संयुक्त सिमा गस्ती वडा एरिया अन्तर्गत पर्ने नेपाल – भारत सिमा क्षेत्रमा हुने अवैध गतिबिधी रोक्न, शान्ति सुरक्षाको सुनिश्चितता गर्न, सिमा सुरक्षा कायम गर्न, चोरी झैंझगडा रोकथाम नियन्त्रण गर्न तथा समकक्षी सुरक्षा निकायसंगको सम्बन्ध सुमधुर कायम गर्ने उद्देश्यले यस इलाका प्रहरी कार्यालय धनौली, सशस्त्र प्रहरी बल बि.ओ.पि.बढैया र भारतिय सीमा सुरक्षा बल सीमा […]
बर्दिया । राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई गोली प्रहार गरी हत्या गरिएको गरिएको छ । अचेत अवस्थामा थारु घरमा फेला परेपछि उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पतालमा लगिएकोमा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए । गोली उनको गाला र दुबै कानमा […]
बाँके । नेपालगन्ज नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा आगामी पुस ४, ५ र ६ गते अर्थात् डिसेम्भर १९, २० र २१ तारिखमा यहाँ ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ आयोजना गरिने नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले बताए । उनले बाँकेसहित पश्चिम क्षेत्रको पर्यटनलाई चलायमान बनाउन […]
दाङ । लमही पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या गरेको हुन सक्ने दाङ प्रहरीको अनुमान छ ।