२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

समाचार

नेपाल प्रहरीका ७२ जना डिएसपीहरुको सरुवा सूचीसहित

ABC Sanchar काठमाडौँ प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार भदौ महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी डीएसपीहरुको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले निर्णय अनुसार आवश्यक कारबाही गर्न गराउन सम्बन्धित कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

सिमा गुरुङ भैरहवा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ २० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ। जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो। जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्रले जिल्ला प्रशासन कार्यालयलाई भदौ २० गतेसम्म लकडाउन थप गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिश गर्ने निर्णय गरेको हो। सिफारिश अनुसार प्रशासनले आदेश जारी गर्नेछ। यसअघि बसेको बैठकले […]

ABC Sanchar सरकारले शैक्षिक संस्था, लामो दुरुीका यातायात र आन्तरिक हवाई उडानलाई भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । हिजो आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो । मुलुकभर कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सो […]

सागर थापा दाङ तुलसीपुर १९ नम्बर बाहिनीको बाहिनीपतिमा रथी मदन केसी आएका छन् । उनलाई प्रदेश नं. ५ का प्रहरी प्रमुख डिआइजी रविन्द्र बहादुर धानुकले स्वागत गरेका छन् । साथै सरुवा भएर जान लागेका १९ नंम्बर बाहिनीका बाहिनीपति शुशील भण्डारीलाई बिदाई गरिएको । ५. नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी धानुकले जानकारी दिनुभएको छ ।

महेन्द्र सिंह बाँके सर्पले टोकेको बच्चालाई उपचार गराउन नेपालगञ्जतिर आउदै गर्दा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बाँकेको शमशेरगञ्जमा रहेको शसस्त्र प्रहरी क्याम्पस अगाडि इन्ट्री गर्न उभिएको ना ४ ख २१३९ नम्बरको ट्रकमा भे ८ प २२३८ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक चेवन देवकोटा र त्यसमा सवार ३ वर्षका लिलाधर खड्काको मृत्यु […]

महेन्द्र सिंह बाँके प्रहरीले गाजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । बाँकेको विनौनाबाट कोहलपुरतर्फ लैजाने क्रममा कोहलपुरका विसराम थारु र मटेहियाका रामबहादुर चौधरीको साथबाट प्रहरीले १३ किलो गाजा बरामद गरेको हो । विनौनाबाट कम्दीको मिलनचोक भएर राँझा निस्किन थालेका उनीहरुलाई चोकमा प्रहरीले रोक्न खोज्दा भागेका थिए । मोटरसाइकल रहेका उनीहरुलाई पिछा गर्दै कमर्सा बाबा नजिक […]

सिमा गुरुङ नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३ बाउन्नगढि बाट ४० कुन्टल केराउ ईलाका प्रहरी कार्यालय सेमरी ले नियन्त्रणमा लिईएकाे छ ।लकडाउनकाे माैका छाेपि तस्करहरुलेे बाउन्नगढि बाट भारत तर्फ मटर अाेसार पसार गर्ने क्रममा हिजाे राति ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुख भिमसेन बिस्टकाे नेतृत्वमा गएकाे प्रहरी टाेलिले उक्त मटर नियन्त्रणमा लिएकाे बताईएकाे छ । […]

ABC Sanchar काठमाडौँ सङ्क्रमित बढ्दै जाँदा काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्न स्थानीय तह व्यस्त छन् । साथै उनीहरूले प्रवेश नाका व्यवस्थित गर्न सुरक्षाकर्मीसँग समन्वय पनि गरिरहेका छन् । काठमाडौँ उपत्यकामा दिनहुँ सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाले आवतजावतमा कमी आए पनि स्थानीय सरकारले सुरक्षाकर्मी र स्थानीय प्रशासनलाई आवश्यक सहजीकरण […]

ABC Sanchar दाङमा आज १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा घोराहीका ११, तुलसीपुरका ७ र चितवन घर भएका १ जना गरी १९ जनामा संक्रमण भएको छ । संक्रमण पुष्टि हुनेमा घोराही–१० का ५ जना, घोराही–१५ का ३ जना, घोराही–८ र ११ का २ जना रहेका छन् […]

ABC Sanchar काठमाडौं विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरारघरमा आउजाउमा अवरोध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ ।महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको गृह […]

error: Content is protected !!