(ABC-Sanchar) काठमाडौं । सत्ता गठबन्धनमा आएको फेरबदलका कारण लुम्बिनीमा काँग्रेसका चौधरी र गण्डकीमा पाण्डे मुख्यमन्त्री नियुक्त हुने भएका हुन्। लुम्बिनीमा संविधानको धारा १६८ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा बनेको एमाले सरकार ढलेको छ। आफ्नो सरकारले ढलेपछि सोमबार एमालेले फेरि ठूलो दलको हैसियतले धारा १८६ (३) अनुसार दाबी पेस गरेको छ।
(रोशन कुमार निधि) मत ल्याएर यादवले अग्रता कायमै राखेका छन् । उनलाई जनमतका शिवचन्द्र कुशवाहले ६७७१ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरुबीचको मतान्तर ३०९९ रहेको छ। यहाँ एमालेका पुरुषोत्तम पौडेल ३७०० मत ल्याएर तेस्रो स्थानमा छन् । रास्वपाका रमेश खरेल भने यहाँ ११७४ मतसहित चौथो स्थानमा छन् ।
(ABC-Sanchar) चितवन । उपनिर्वाचनमा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको ५६ हजार ४९६ मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फराकिलो मतान्तरले अगाडि छन् । अब कालिका नगरपालिकाको २१ हजार ७८१ मत गणना गर्न बाँकी रहँदा लामिछाने निकटतम प्रतिस्पर्धी उम्मेदवार जीतनारायण श्रेष्ठभन्दा ३२ हजार ६१२ मतान्तरले अगाडि छन् । हालसम्म लामिछानेले ४० हजार ६९ […]
(ABC-Sanchar) काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठलाई मुद्दा, मामिलामा नजान आग्रह गरेका छन् । श्रेष्ठलाई रास्वपाले घुस मागेको अडियो प्रकरणमा पार्टीबाट कारबाही गरेको थियो । पार्टीले उनलाई सांसदबाट बर्खास्त गर्न पनि संसद् सचिवालयलाई पत्र लेखेको छ । रास्वपा सभापति लामिछानेले चितवनमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा ढाकाकुमार श्रेष्ठलाई मुद्दा नहाल्न […]
(ABC-Sanchar) काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी विवाद मुद्दामा आज सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदैछ । युवराज पौडेल (सफल) ले रवि लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दिएको रिटमाथि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो । लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले […]
(ABC-Sanchar) काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले आगामी उपचुनावमा विचार पुर्याएर भोट हाल्न मतदातालाई अपिल गरेका छन् । वैशाख १० गते हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा प्रतिनिधिसभा उपनिर्वाचन लक्षित गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले चुनावको महत्त्व स्मरण गराएका हुन् । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै केही नेतालाई […]
(ABC-Sanchar) चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् । वैशाख १० गते चितवन–२ मा हुने उपनिर्वाचनका लागि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं। २ मा उपनिर्वाचन हुन लागेको […]
(ABC-Sanchar) काठमाडौँ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने छन् । गत मङ्सिर ४ गतेको निर्वाचनमा […]
(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन् । मन्त्रिपरिषदमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतासहित उपप्रधान तथा रक्षा मन्त्री बनेका छन् भने माअोवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तेस्रो वरीयतासहित उपप्रधान तथा गृहमन्त्री बनेका छन् । मन्त्रिपरिषद पुष्पकमल दाहाल ‘प्रचण्ड’ : प्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या पूर्णबहादुर […]
ABC (क्राईमबिट) काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । शुक्रबार शपथ लगत्तै सिंहदरवार पुगेर उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण पछि उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालय मातहतका कर्मचारीलाई गृह मन्त्रालयको काम अझ प्रभावकारी बनाउने गरी काम गर्न निर्देशन दिएका छन् । उनले भने, ‘यो मन्त्रालयको कामलाई […]