(ABC-Sanchar) काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन दलका शीर्ष नेताहरु बसेर नक्कली भूटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ । आईतवार साँझ सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्ट्याउने प्रयास गर्नु नहुने निस्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख […]
(ABC-Sanchar) काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाले पोल खोल्दा पूर्वमन्त्री र बहालवाला सचिव अहिले जेलमा छन् । शरणार्थी प्रकरणमा बिचौलियासँग मिलेर नक्कली प्रतिवेदन बनाउने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डे बिचौलियाले नै पोल खोलिदिएपछि प्रहरीको फन्दामा परेका हुन् । बिचौलियाले नै मन्त्री र सचिवलाई करोडौं रुपियाँ घुस खुवाएको बयान प्रहरीसमक्ष दिएपछि उनीहरू […]
(ABC-Sanchar) काठमाडौं । कांग्रेस सांसद आरजु राणा देउवा र प्रहरी खोरमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणनिकट मानिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसमेत ‘भुटानी शरणार्थी प्रकरण’मा मुछिएका छन्। ‘नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने’ भन्दै करोडौँ असुल्ने गिरोहको ‘नेक्सस’ मुख्यमन्त्री चौधरीसम्म फैलिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरी अनुसन्धानका क्रममा ठगी गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी […]
(ABC-Sanchar) काठमाडौं । सरकारले टीकापुर नरसंहारका दोषी बनाइएका रेशम चौधरीविरुद्धको मुदा फिर्ता लिन मिल्ने गरी विधेयक ल्याएको छ । सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद सचिवालयमा बिहीबार दर्ता गरेको हो । सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले उक्त विधेयक सचिवालयमा दर्ता गरेको हो । कैलालीको टीकापुरमा भएको घटनामा कैलाली […]
(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफल सकिएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेताहरूबीच झन्डै साढे एक घण्टा कुराकानी भएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । आजको भेटमा संसदीय समितिहरूको नेतृत्व, सत्य निरूपण तथा मेलमिलाप विधेयकलगायत विषयमा छलफल भएको […]
(ABC-Sanchar) काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था समितिले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिएको छ । यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो । प्रतिनिधि सभा कार्यव्यवस्था समितिको आइतबारको बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गरिने सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् । सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा […]
(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दिएको समर्थन फिर्ता नलिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेका छन्। सरकारमा सहभागी हुन गरेको आग्रहलाई रास्वपाले औपचारिक रूपमा अस्वीकार गरेपछि प्रधानमन्त्रीले समर्थन कायम राखिदिन आग्रह गरेका हुन्। शुक्रबार दिउँसो समर्थनसमेत फिर्ता लिने तयारीमा रास्वपा छ । रास्वपाका एक नेताका अनुसार सरकारमा सहभागी हुने वा नहुने र […]
(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, गठबन्धनमा रहे पनि […]
(ABC-Sanchar) दाङ । मङ्गलवार बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत लिएका हुन्। नेपाली काँग्रेस लुम्बिनी प्रदेशको संसदीय दलको नेतासमेत रहेका मुख्यमन्त्री चौधरीको पक्षमा ५३ र विपक्षमा २९ मत खसेको छ। ८७ जना प्रदेश सभा सदस्यको बहुमत प्राप्त गरेपछि विश्वासको प्रस्ताव स्वीकृत भएको छ।
(ABC-Sanchar) काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ । रास्वपाका सभापति रवि लामिछानेले राखेको प्रस्तावमा सहमत भए रास्वपा पुरानै मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो । लामिछानेले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डसँग सरकारका साझा कार्यक्रम संशोधन हुनुपर्ने, साविकको मन्त्रालय पाउनुपर्ने प्रस्ताव राखेका छन् । ती विषयमा सहमति भए रास्वपा […]