०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

राजनिती

राप्रपाका यस्ता छन सरकारमा जाने सर्तहरू

(ABC-Sanchar) काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठनमा सघाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमा सहभागिताबारे सर्तहरू अघि सारेको छ । पृथ्वी नारायण शाहलाई राष्ट्रपिता घोषणा, राजसंस्थासहितको हिन्दु राष्ट्र कायम तथा सङ्घीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने राप्रपाको सर्त छ । सरकारमा सहभागिताबारे राखिएको जिज्ञासामा राप्रपाका एक जना प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले भने, […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी अध्यक्ष प्रचण्डलाई आइतार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रतिनिधि सभा चुनावमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को २ अनुसार मिलीजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समयभित्र प्रचण्डले १ […]

(ABC-Sanchar) काठमाडौं । सत्ता गठबन्धन टुट्न भएपछि एमालेसँग मिलेर सरकार बनाउन छलफल भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केपि ओलीसँग छलफल गर्न बालकोट जाँदै छन् भने अन्य साना दलका नेताहरु समेत पुगिसकेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगेका छन् । जसपाका उपाध्यक्ष अशोक राई लगायत बालकोट […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । लिङ्देन झापाबाट आएलगत्तै बालकोट गएका हुन् । प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन् । माओवादी महासचिव देव गुरूङ र राष्ट्रिय स्वातन्त्र पार्टी सभापति रवि लामिछाने पनि बालकोटमा छन् । बालुवाटारमा आज भएको सत्ता […]

(ABC-Sanchar) काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफूले प्रधानमन्त्री नपाए पार्टी प्रतिपक्षमा रहने सङ्केत गरेका छन् । त्यसमा वर्षमान पुन र जनार्दन शर्मालगायत नेताले समर्थन समेत जनाएका छन् । प्रचण्डले पछिल्लो समय पार्टीका शीर्ष नेताहरूसँगको भेटवार्ता नेपाली काँग्रेसले अहिले प्रधानमन्त्री दिने सम्भावना निकै कम देखिएकाले गठबन्धनबाट बाहिरिने सम्भावना बढेको बताएको एक […]

(ABC-Sanchar) काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताको बालुवाटार छलफल सकिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिब डेढ घण्टा छलफल भएको हो । नेताहरुबीचको छलफलमा नयाँ सरकार गठनबारे सामान्य कुराकानी भएको छ । त्यसक्रममा […]

(ABC-Sanchar) काठमाडौँ । नेकपा एमालेले सत्ता गठबन्धन छाडेर आएको अवस्थामा माओवादी केन्द्रसँग सहकार्य हुनसक्ने सङ्केत गरेको छ । प्रतिनिधिसभा सदस्यहरूको शपथकै दिन बिहीबार एमालेको सचिवालय बैठक बसेको थियो, जसमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । एक पदाधिकारीका अनुसार ओलीले सत्ता गठबन्धन कायम रहँदासम्म एमालेले कुनै विकल्पमा पहल लिन सक्ने अवस्था […]

प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयतको शपथ गराउँदै छिन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ लिन लागेका हुन्। संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार नागरिकताको प्रमाणपत्रका आधारमा ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मंसिर २४ गते रहेको छ। नागरिकता अनुसार नेपाल सामाजवादी पार्टीका […]

(ABC-Sanchar) काठमाडौँ । तराई मधेससहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको उम्मेदवारी दर्तासँगै मुलुकको राजनीतिको केन्द्रका रूपमा रहेको सिंहदरबार क्षेत्रमा राजनीतिक चहलपहल बढेको हो। नेपालको राजनीतिमा लामो योगदान र पृष्ठभूमि रहेको […]

(ABC-Sanchar) काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने भएका छन्। मंगलबार बिहान बसेको बैठकले कोइराला समूहबाट संसदीय दलको नेतामा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। संस्थापन पक्षबाट भने सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा दलको नेतामा उम्मेदवार बन्ने तयारीमा छन्। कांग्रेसमा एक वर्षअघि भएको महाधिवेशनको समीकरणमा सभापति […]

error: Content is protected !!