३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

पूर्व सभामुख महरा निर्दोश रहेको अदालतको फैसला षडयन्त्र गरेरै फसाइएको पुष्टि

Logo
प्रकाशित सोमबार, फाल्गुण ०५, २०७६

काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्ण बहादुर महरालाई बलात्कार प्रयासको आरोपमा सफाइ दिएको छ। न्यायाधीश अम्बरप्रसाद पौडेलको एकल इजलासले सोमबार महराविरुद्धको मुद्दामा फैसला गर्दै सफाइ दिएको हो।
अभियोगमा गरिएको मागदाबीमा प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंले महरालाई बलात्कार प्रयासको आरोपमा सफाइ दिएको हो।
आइतबार महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए। सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए।
महराविरुद्ध करणी प्रयासमा ५ वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको छ।
यस्तो थियो घटना
गत असोज १२ गतेर संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूलाई जबर्जस्ती करणी प्रयास गरेको बताएकी थिइन्।
त्यही काण्डले महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।उजुरी दर्ता भएपछि उनी असोज १९ गते पक्राउ परे। तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।
जिल्ला अदालतको आदेशविरुद्ध महराले उच्च अदालत पाटनमा पुनरावेदन दिए पनि जिल्लाकै आदेश सदर भयो।
अदालतमा बयान दिँदा भने आरोप लगाउने शाहीले महराले आफूलाई करणी प्रयास नगरेको बताएकी थिइन्। उनले सोही विवरणको निवेदन समेत अदालतमा दिएकी थिइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ राप्ती गाउँपालिकाको समग्र शान्ति सुरक्षा,लागुऔषध नियन्त्रमा, सरसफाई ,बिपद व्यवस्थापन,राजश्व बृद्बि एवं अपराधिक क्रियाकलापहरुलाई न्यूनिकरण गरी समाज सुधारका निमित्त यस कार्यालयबाट निरन्तर प्रतिबद्ध रही, सक्रिय भूमिका निर्वाह गर्दै राप्ती गाउँपालिकाको समृद्बिमा उल्लेखनीय योगदान पुर्‍याएकोमा गाउँपालिकाको नबौँ स्थापना दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीलाई प्रशंसा-पत्र प्रदान सहित सम्मान […]

काठमाडौं । नेपाल प्रहरीका आईजिपी वसन्तबहादुर कुँवर आगामी चैत ५ गते अवकाशमा जाँदैछन्। उनीसँगै पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई, दुर्गा सिंह, कुवेर कडायत, बुद्धिराज गुरुङ र जनक भट्टराई पनि सेवा निवृत्त हुँदैछन्। कुँवरसहित अवकाशमा जाने अधिकृतहरू २०५१ साल चैत ५ गते नेपाल प्रहरीमा प्रवेश गरेका थिए। बाँकी रहने तीन जना एआईजी दीपक […]

  काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले यतिबेला काठमाडौँ उपत्यकासहित बागमती र गण्डकी प्रदेशका जिल्लामा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार विगत तीन घण्टादेखि बागमती र गण्डकी प्रदेशका केही जिल्लाहरूमा वर्षा भइरहेको जानकारी दिइन् ।

error: Content is protected !!