२ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित जंगलमा शुक्रबार दिउँसो एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
अन्दाजी ३५÷४० वर्षीय पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए ।
उनका अनुसार कान र मुखमा किरा परेको अवस्थामा भेटिएको शव सडेको छ । आक्रमण गरेर र कुटपिट गरेको कुनै चोटपटक भने शरीरमा नभेटिएको जानकारी गिरीले दिए ।
शव पोस्टमार्टमका लागि मंगलबारे अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको उनको भनाइ छ