बाँके पुस १८ नेपालगन्जमा शुक्रवार बिहान चट्टयाङ्ग लागेर एकै परिवारका पाँचजना घाइते भएका छन्। चट्टयाङ्ग लागेर नेपालगञ्ज वडा नम्बर १३ महापुरवाका ५४ वर्षिय गुरुदिन खटिक ५५ वर्षिया श्यामकला खटिक, ४५ वर्षिय, राजितराम खटिक, १८ वर्षिय रामरुप खटिक, र ४ बर्षिय सुबी खटिक घाइते भएको नेपालगन्ज वडा नम्बर १३ अध्यक्ष बिरेन्द्र बहादुर शाहले जानकारी दिएका छन् ।
अहिले उनिहरुको भेरी अस्पतालमा उपचार भइरहेको शाहले बताए। शाहका अनुसार बिहान ४:४५ बजे चट्टयाङ्गले हानेको थियो।