२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

शिक्षक र प्रहरी बीचको झडपमा लाठी तथा पानीको फोहोर लागेर दर्जन बढी शिक्षकहरू घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख १४, २०८२

काठमाडौँ । दिनहुँ झैँ आज पनि शिक्षक तथा विद्यालय कर्मचारीहरू माइतीघर मण्डला–नयाँ बानेश्वर सडक खण्डमा विरोध प्रदर्शनका लागि निस्किए । विगत २५ दिनसम्म माइतीघरबाट हिँडेर नाराबाजी गर्दै नयाँ बानेश्वरस्थित एभरेस्ट होटल नजिकैको सडकमा कोणसभा गर्दै आएका थिए । त्यही शिक्षक नेताहरू भाषण गर्दै प्रदर्शन सकिँदै आएको थियो । तर, आज भने त्यही सडक खण्डमा एकाएक अशान्त बन्यो ।

बानेश्वरस्थित प्रहरीले तोकेको निषेधित क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भयो । प्रहरीले लाठी र पानीको फोहोर प्रहार गरेको थियो भने शिक्षकहरूले सडक छेउछाउमा रहेको ढुङ्गा प्रहार गरेका थिए । प्रहरीको लाठी तथा पानीको फोहोर लागेर दर्जन बढी शिक्षकहरू घाइते भएका छन् ।

दिनहुँ शान्तपूर्वक आन्दोलन गर्दै आएका शिक्षकहरू आज भने आक्रोशित देखिए । सुरुमा शिक्षकहरूले निषेधित क्षेत्रमा राखिएको ब्यारिकेट फाल्न खोजेका थिए । नाराबाजी गर्दै ब्यारिकेट फाल्न थालेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । शिक्षकहरूले ‘केपी ओली तिम्रो पाराले, दुःख पायो साराले,’ गृहमन्त्री राजीनामा दे, जस्ता नारा लगाउँदै थिए । सयौँको सङ्ख्यामा रहेका शिक्षकहरूले एकाएक ब्यारिकेट फाल्न थाले । प्रहरी रोक्न खोज्ने, शिक्षकहरूले ब्यारिकेट हटाउने प्रयास गरिरहे ।

एकछिनको घम्साघम्सीपछि शिक्षकहरूले उक्त ब्यारिकेट हटाउन सफल भए । उनीहरूले ब्यारिकेट हटाएपछि प्रहरीले पानीको फोहोरा प्रहार गर्‍यो । पानीको फोहोरा प्रहार गर्दै प्रहरीले लाठी समेत प्रहार गर्न थाल्यो । त्यसपछि आन्दोलनकारी शिक्षकहरूले समेत प्रहरीमाथि ढुङ्गा प्रहार गर्न थाले ।

प्रहरीको लाठी र पानीको फोहोरा लागेर एक दर्जन बढी शिक्षकहरू घाइते भएका छन् । नेपाल शिक्षक महासङ्घका महासचिव तुलाबहादुर थापाले झडपपछि घाइते भएका शिक्षकहरूको उपचार भइरहेको बताए । बढी चोट लागेका शिक्षकहरूलाई उपचारका लागि सिभिल हस्पिटल लैजान भनिएको छ भने सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलन स्थलमै उपचार भइरहेको छ ।

आन्दोलन उग्र बनेपछि घुसपैठ गरेको भन्दै आफ्नै साथीहरूलाई समेत नियन्त्रणमा लिएका छन् । घुसपैठ गरेको भन्दै शिक्षकहरूले आन्दोलन गर्दै आएका शिक्षकलाई नै नियन्त्रणमा लिएका हुन् । महासङ्घका महासचिव थापाले घुसपैठ गरेको आन्दोलनरत शिक्षकहरूलाई नियन्त्रणमा लिने काम भइरहेको भन्दै त्यसलाई रोक्न भनेका छन् ।

माइकिङ गर्दै उनले घुसपैठ गरेको भन्दै शिक्षकहरूलाई नै नियन्त्रणमा लिने काम भएको भन्दै उनीहरूले परिचयपत्र हेरेर छाड्न भनेका हुन् ।

प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेपछि आन्दोलनरत शिक्षकहरूले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षकहरू आज भने आक्रोशित भएका हुन् । शान्तिपूर्ण आन्दोलन गर्दा सरकार कानमा तेल हालेर बसेको भन्दै उनीहरू आक्रोशित बनेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!