२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा ससुराको हत्या गरी १५ वर्ष फरार रहेका हदम्याद सकिनैलाग्दा तुल्सीपुर प्रहरीद्वारा पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख १४, २०८२

दाङ । २० वर्षअघि ससुराको हत्या गरी फरार भएका एक व्यक्तिलाई हदम्याद सकिन केही महिना बाँकीछँदा दाङको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टरिगाउँ बस्दै आएका ३९ वर्षीय वीरबहादुर गुरुङ छन् ।

रोचक त के छ भने १५ वर्षसम्म लुकिछिपी भारतमा बसेका उनी पाँच वर्षअघि दाङमै फर्किएर प्रहरीकै पोल्ट्रीफार्ममा काम गरिरहेका थिए । यो कुरा गोप्य सूचनाको आधारमा पत्ता लागेपछि २०८२ सालको वैशाख १२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।

पेण्डिङमा थियो केस, साउनमा सकिँदै थियो हदम्याद
इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीका अनुसार गुरुङको घर दाङ तुलसीपुरको बरुवागाउँ हो । उनले आपसी विवादमा २०६२ साउन १४ गते तुलसीपुरकै अश्वारा घर भएका ससुरा काशीराम विकको हत्या गरेर श्रीमतीसहित फरार भएका थिए ।

भारत गएर उनी कहिले लुधियाना र कहिले बहराइचमा बसे । ‘१५ वर्षसम्म भारतमा बसेका उनी त्यहाँ गाडी चलाउने काम गर्दथे । यसबीचमा लुकिछिपी दाङ आउने गरेका उनी पछिल्लो समय तुलसीपुरको टरिगाउँमा बस्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरी
पछिल्लोपटक दाङ आएपछि उनि खोजिको शिलशिलामा जुटे । त्यसैक्रममा आरोपित शुभलक्ष्मी पोल्ट्री फार्मको गाडी चलाउने गर्दथे । यहाँनेर रोचक के छ भने त्यो पोल्ट्री फार्म एकजना प्रहरी हबल्दारका बुवाको थियो । जब उनको पोल खुल्यो, अनि पक्राउ परे ।

‘काशीराम विकको हत्याको यो केस पेण्डिङमा थियो,’ डीएसपी ठकुरीले भने, ‘कर्तव्य ज्यान मुद्दाको २० वर्षे हदम्याद साउनमा सकिँदै थियो । तर हत्यामा संलग्न बीरबहादुरलाई पक्राउ गर्न हामी सफल भएका छौं ।’

उनले थपे, ‘हत्या भएको लामो समय भइसकेकाले सायद अब यो केस मिलिसक्यो, मलाई केही हुँदैन भन्ने लाग्यो होला उसलाई, तर अपराधी केही दिन भागे पनि प्रहरीले उम्किन दिँदैन भन्ने उदाहरण हो यो ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!