दाङ । तुल्सीपुर शनिबार प्रदेश प्रहरी कार्यालय,तुलसीपुर,दाङमा विशेष कार्यक्रमसहित कार्कीलाई विदाइ गरिएको छ । त्यस क्रममा डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएका कार्कीलाई एसएसपीदेखि सिपाहीसम्मले बधाई पनि दिएका छन् ।
गृह मन्त्रालय बढुवा समितिको सचिवालयको वैशाख ४ गतेको निर्णयबाट एआईजी पदमा बढुवा सिफारिस गरेको छ ।
एआईजी पदमा बढुवा सिफारिस हुनुभन्दा बढुवा हुनुभन्दा अगाडिसम्म कार्कीले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका थिए ।