२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाको दादागिरी, बिल वीजक भएको माछा बुझाए भन्सार

Logo
राहुल गुप्ता प्रकाशित शुक्रबार, बैशाख १२, २०८२

 

पर्सा । बिरगंज सशस्त्र प्रहरी बलका नायब उपरीक्षक (डिएसपी) लोकेन्द्र सुब्बाले माछा व्यवसायीलाई दुःख दिएका छन् । पीडित पक्षका अनुसार, पूर्ण कागजात र बिल हुँदाहुँदै पनि डिएसपी सुब्बाले माछा बोकेको गाडी रोकेर माछा जफत गरी भन्सार कार्यालयमा बुझाएका छन्।

घटना बैशाख १० गतेको हो। बीरगंजको नागवा क्षेत्रमा सञ्चालनमा रहेको ‘आरभ फिस सप्लायर्स बाट माछा लोड गरेर निस्किएको पिकअप गाडी नम्बर प्रदेश ०३–००१ च ७९९२ का चालक सरोज सहनी मलाहाले नवलपरासी र कास्कीसम्म माछा पुर्‍याउने योजना बनाएका थिए। उनी बीरगंज महानगरपालिका वडा नं. २५, ड्राईपोर्ट सिरिसियास्थित आफ्नै घरमा छोटो पाटीमा सहभागी भएर राती २ बजे माछा लिएर निस्किएका थिए।

तर ड्राईपोर्टबाट परवानीपुर जाने क्रममा सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाले गाडी रोकेर चालकसँग कागजात र बिल मागे । चालकले तत्कालै माछाको बिल देखाए पनि डिएसपी सुब्बाले उक्त बिललाई अटेर गर्दै माछा सहितको गाडी नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालय बुझाएका थिए।

आरभ फिस सप्लायर्सका सञ्चालक प्रकाश कुमार साहका अनुसार, व्यवसायिक प्रयोजनका लागि विधिपूर्वक बनाइएको बिल र सम्पूर्ण कागजात प्रस्तुत गर्दा पनि माछा जफत गरिनु अन्यायपूर्ण र दुराशयपूर्ण कार्य हो। उनले सशस्त्र प्रहरीले व्यापारी र चालकलाई डर, त्रास र मानसिक तनाव दिने कार्य गरेको भन्दै विरोध जनाएका छन्।

उनले थपे, “हामी वर्षौंदेखि व्यवसाय गर्दै आएका छौं। सबै प्रक्रिया अनुसार बिल बनाउने, कर तिर्ने गरेका छौं। तर डिएसपी सुब्बाको यो व्यवहारले हामीजस्ता व्यापारीहरु अपमानित र निरुत्साहित भएका छौं।”
व्यवसायीको गुनासो अनुसार, यो कार्यले माछा व्यापारी डर र त्रासमा छन् । माछा नष्ट हुने संवेदनशील वस्तु भएकाले ढिलाइ वा अनावश्यक रोकावटले ठूलो आर्थिक क्षति पुर्‍याउने व्यापारीहरूको भनाइ छ।

डिएसपी सुब्बाको तर्फबाट भने यस घटनामा आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। तर व्यवसायी र चालकको भनाइ अनुसार, माछाको बिल देखाउँदा पनि गाडी रोकिनु र मालसामान भन्सारमा बुझाइनु गैरजिम्मेवारपूर्ण कार्य हो । व्यवसायी पक्षले यस विषयमा सम्बन्धित निकायमा लिखित उजुरी दिने तयारी गरिरहेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!