२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एसपी सरुवामा राजनीतिक र आन्तरिक चलखेलका कारण ढिलाई सुस्ती

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख १२, २०८२

 

काठमाडौं । नेपाल प्रहरीले प्रहरी उपरीक्षक (एसपी)को सरुवा पुरानै मापदण्डअनुसार गर्ने तयारी गरेको छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच भएको छलफलपछि पुरानै मापदण्डलाई टेकेर सरुवा प्रक्रिया अघि बढाउने निर्णयमा पुगेका हुन्।

बिहीबार मात्र प्रहरी नायब उपरीक्षक (डिएसपी) र निरीक्षकहरूको सरुवा गरिएको भए पनि एसपी सरुवा भने अझै टुंगो लागेको छैन। तीन महिनाअघि नै हुनुपर्ने एसपी सरुवा राजनीतिक र आन्तरिक चलखेलका कारण ढिलाइ भएको स्रोतको दाबी छ।

हाल झापा, महोत्तरी, सर्लाही, रौतहट, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली, कञ्चनपुर, सुर्खेत, पाल्पा, काभ्रेपलाञ्चोक लगायतका एक दर्जन प्रमुख जिल्लामा एसपी सरुवाको तयारी भइरहेको छ। यी जिल्लाहरूमा एसपी बन्ने दौडधुप निकै तिव्र बनेको छ। अस्वस्थ प्रतिस्पर्धा र चलखेलले गर्दा अहिलेसम्म सरुवा निर्णय फाइनल हुन सकेको छैन।

यसैबीच, प्रहरी प्रधान कार्यालयले नयाँ मापदण्ड तयार पार्ने गृहकार्य पनि गरिरहेको छ। तर, हालको सरुवा पुरानै मापदण्डअनुसार हुनेछ र त्यसपछि मात्र नयाँ मापदण्ड कार्यान्वयनमा ल्याइने प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले मातहत अधिकारीहरूलाई जानकारी गराएका छन्।

यता, केही जिल्लाका एसपीहरूको कार्यसम्पादन सन्तोषजनक नदेखिएकाले उनीहरूलाई सात महिनामै फिर्ता बोलाउने तयारीसमेत गरिएको बताइएको छ।

सरुवा प्रक्रिया निष्पक्ष, पारदर्शी र कार्यसम्पादनमा आधारित होस् भन्ने आम नागरिक र प्रहरी वृत्तको अपेक्षा उच्च रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!