काठमाडौं । प्रहरी वरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा हालै पदोन्नति भएका ६१ जना मध्ये ६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्।
उनिहरू नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ वैशाख ९ गतेको निर्णयअनुसार बढुवा भएका हुन्।
प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनिहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
पदोन्नतिसँगै वृद्धि भएको पदीय दायित्व र मर्यादालाई आत्मसाथ गरी संगठनको श्रीवृद्धिका लागि उच्च मनोबल एवम् सामुहिक भावनाका साथ कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।