२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पत्रकार सदस्यता अब लेख्ने क्रियाशीलताको आधारमा वितरण हुन्छ : महासचिव पाण्डव शर्मा

Logo
ओमप्रकाश गुप्ता प्रकाशित बिहिबार, बैशाख ११, २०८२

 

दाङ । भालुवाङ नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले अब पत्रकार सदस्यता क्रियाशीलताका आधारमा वितरण गरिने बताएका छन् ।

बुधबार दाङको राप्ती गाउँपालिका- २ हर्षेडाँडा पार्क लालमटियामा राप्ती प्रेस मञ्चले आयोजना गरेको नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा वनभोज कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले विगतमा पत्रकार सदस्यता वितरणमा विभेद भएको सन्दर्भ सुनाउँदै अहिलेको नेतृत्वले निष्पक्ष ढंगले क्रियाशील पत्रकारलाई प्राथमिकतामा राख्ने बताए। उनले भने,’अब पत्रकार सदस्यता विचार, आस्था वा व्यक्तिगत रिसिभावका आधारमा होइन,क्रियाशीलताका आधारमा वितरण गर्छौ।’

त्यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शमाले सञ्चारमाध्यम सशक्त नहुँदासम्म पत्रकारिता बलियो नहुने बताए। उनले विधागत लेखनमा ध्यान दिन पत्रकारहरूलाई आग्रह गरे।
नागरिक समाज दाङका संयोजक निमबहादुर थापाले खोजी पत्रकारिता अझै पनि ओझेलमा परेको उल्लेख गर्दै त्यसतर्फ पत्रकारहरूलाई सक्रिय बन्न आह्वान गरे।

मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा भएको  कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका इन्चार्ज टिकाबहादुर बस्नेत, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका सदस्यद्धय नवराज शर्मा, शान्ता खनाल, नागरिक समाज देउखुरीका पुर्व संयोजक दामोदर भण्डारी, सामुदायिक वन उपभोक्ता महासंघका पुर्व केन्द्रिय सदस्य डिलाराम पौडेल, थारु साहित्य संस्कृति प्रतिष्ठानका केन्द्रिय अध्यक्ष छविलाल कोपिला, नेपाल पत्रकार महासंघ दाङका सदस्य टेकबहादुर पुन, कालिका सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जोहोरमान मियाँ, अग्रज पत्रकार धर्मराज शर्मा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मञ्चका प्रमुख संरक्षक महेश रिजालले कार्यपत्र प्रस्तुत गरेका थिए । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको स्वागत मन्तव्यबाट सुरु भउको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!