२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

यातायात कार्यालय बारामा आर्थिक अनियमितता लेनदेनकै आधारमा फेल भएकालाई लाइसेन्स वितरण

Logo
राहुल गुप्ता प्रकाशित बिहिबार, बैशाख ११, २०८२

कलैया,बारा । यातायात व्यवस्था कार्यालय, बारामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा व्यापक अनियमितता भएको खुलासा भएको छ। सेवाग्राहीहरूले आर्थिक लेनदेनकै आधारमा फेल भएका उम्मेदवारलाई समेत लाइसेन्स वितरण भइरहेको आरोप लगाएका छन्

सूत्रहरूका अनुसार, कार्यालय प्रमुख अविन्दर दास,कर्मचारी सत्यनारायण शाहको मिलेमतोमा ट्रायल तथा लिखित परीक्षा फेल भएकाहरूलाई पनि निश्चित रकम असुली लाइसेन्स दिने गरेको पाइएको छ। तोकिएको शुल्क बुझाउने उम्मेदवारहरूलाई परीक्षाका नतिजा हेरफेर गरी पास गराइने, जबकि कानुनी रूपमा योग्य उम्मेदवारहरू अन्यायमा पर्ने गरेको गुनासो बढ्दो छ।

निलम्बन भइसकेका प्रमुख पुनः विवादमा

कार्यालय प्रमुख अविन्दर दास यसअघि वीरगन्जमा कार्यरत रहँदा नेपालीकरण प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियारबाट निलम्बनमा परेका थिए। रौतहटमा कार्यरत रहँदा पनि उनीमाथि अनियमितताको आरोप लागेको थियो। हाल बारामा आएपछि पनि उही शैली दोहोरिएको भन्दै सेवाग्राहीहरूले असन्तोष व्यक्त गरिरहेका छन्।

कार्यालय प्रमुखको खण्डन, सेवाग्राहीको असहमति

कार्यालय प्रमुख दासले भने अनियमितताको आरोप अस्वीकार गर्दै भने, “लाइसेन्स वितरण प्रक्रिया अहिले पूर्ण रूपमा पारदर्शी छ। पछिल्लो समयमा के भइरहेको थियो, मलाई थाहा छैन। अहिले कुनै पनि आर्थिक चलखेलबिना सेवाग्राहीहरूको काम भइरहेको छ।”

तर, स्थानीय सेवाग्राहीहरू भने उनको दाबीप्रति असन्तुष्ट छन्। लिखित परीक्षा र ट्रायलको सूचना समयमा नदिइने, एकै दिन भित्र परीक्षाका सम्पूर्ण प्रक्रिया सकिने, र सूचना कार्यालयको फेसबुक पेजमा जानकारी नराख्ने जस्ता गतिविधिले पारदर्शितामा प्रश्न उठाएको उनीहरूको भनाइ छ।

कारबाहीको माग गर्दै सर्वसाधारण

सेवाग्राहीहरूले कानुनी प्रक्रिया पूरा गरेर लाइसेन्स लिन चाहने नागरिकहरू अन्यायमा परेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। अनियमितताको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै सरोकारवाला निकायहरूलाई दबाब दिन थालिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!