२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रौतहट प्रहरीले स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०९, २०८२

रौतहट । रौतहटको मौलापुर नगरपालिकाबाट प्रहरीले आइतबार राति स्रोत नखुलेको रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेकालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।मौलापुर–६ पथराबुधरामस्थित सार्वजनिक सडकमा जाँचका क्रममा १० लाख नेपाली रुपैयाँसहित भारतको मोतिहारी थाना कुंडवा चैनपुर ग्राम पञ्चायत खरहा चैनपुर–८ ग्राम मुसहरीयाका २३ वर्षीय राजकिशोर ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरीका डीएसपी दिपककुमार रायले जानकारी दिए । भारतबाट बीआर०५ एसी ९४७७ नम्बरको मोटरसाइकलमा पैसा राखेर नेपाल आउँदै गर्दा मौलापुरको डिकमा जाँचका क्रममा ठाकुर प्रहरीको फन्दामा परेका हुन् ।

मोटरसाइकलको सिटमुनि झोलाभित्र लुकाइ राखेको अवस्थामा एक हजारको ६०० थान, पाँच सयको ८०० थान नेपाली रुपैयाँ फेला परेकोले डीएसपी रायले बताए । ‘हामीले रकमसहित भारतीय नागरिक ठाकुरलाई पैसाको स्रोत खोल्न कागजपत्र मागेका थियौं’, उनले भने, ‘कुनै कागजपत्र देखाउन र स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरेका हौँ ।’प्रहरीले ठाकुरको साथबाट मोबाइल र परिचय खुल्ने कागजसमेत बरामद गरेको छ । सीमा क्षेत्रमा केही समययता स्रोत नखुलेको र नक्कली नोटको ओसारपसार बढेको छ । उनीहरु पैदल, साइकल वा मोटरसाइकल चढेर रकम ओसारपसार गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!