कपिलवस्तु । जिल्ला प्रहरी कार्यलय कपिलवस्तुमा आयोजित मासिक मिटिङ्ग कार्यक्रमका क्रममा एसपी निरन्जन भट्टले जिल्लाका मातहत प्रहरी इकाइका प्रमुखहरुलाई विभिन्न समसामयिक विषयमा निर्देशन दिएका छन्।
उनले भारतीय सीमानाकाहरुमा हुने चोरी – तस्करी नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण, महत्वपूर्ण स्थान तथा आम नागरिकको सुरक्षा, प्राकृतिक प्रकोपप्रति तत्काल प्रतिक्रिया, प्रहरी आचारणमा उच्च नैतिकता र सामाजिक संजालको सही प्रयोगमार्फत् प्रहरीले जनतासँग सुमधुर सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हवल्दार सत्यनारायण यादवलाई चैत महिनाको ‘प्रहरी अफ द मन्थ (Police of the Month)’ का रूपमा प्रशंसा–पत्रद्वारा सम्मान गरिएको छ। त्यस्तै, अन्य उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पनि नगद पुरस्कार प्रदान गरी कदरघना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।