२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

राष्ट्रिय अनुसन्धानबाट स्थानान्तरण भएर नेपाल प्रहरीमा आएको टोली (एआईजी) बढुवामा छुटे

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०९, २०८२

काठमाडौं । यो टोलीबाट सिद्धिबिक्रम शाह, सुशील सिंह राठौर, उमा चतुर्वेदी, हिमालयकुमार श्रेष्ठलगायत बढुवाको प्रतिस्पर्धामा थिए । तर उनीहरु सबै जना एआईजी बढुवा सिफारिसमा परेनन् ।

हाल प्रहरी प्रधान कार्यालय, नक्साल विशेष ब्यूरोको नेतृत्व गरिरहेका शाहलाई एआईजीमा बढुवा गर्न सत्तारुढ नेपाली कांग्रेसको तीव्र दबाब थियो । तर, बालुवाटारले २०५४ सालमा भर्ना भएका अधिकारी र केसीलाई समेट्ने अडान राखेपछि केही समय बढुवा सिफारिस रोकिएको थियो ।

अन्तिममा राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली नै बढुवामा छुटेको छ । उनीहरुलाई तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्का गृहमन्त्री भएका बेला नेपाल प्रहरीमा स्थानन्तरण गराइएको थियो ।

तत्कालीन आईजीपी अच्युतकृष्ण खरेलले राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा ल्याउने प्रस्ताव सुरुमा अस्वीकार गरेका थिए । पछि खरेल हटेर प्रदीपशमशेर जबरा आईजीपी भएका बेला २५ पुस २०५८ मा ३० इन्स्पेक्टरसहित ४६ जनालाई नेपाल प्रहरीमा स्थान्तरण गरिएको थियो ।

राअविबाट प्रवेश गरेकाहरू प्रहरी संगठनमा कांग्रेस प्रतिपक्षमा रहेका बेला प्रायः पछाडि परिरहे । हुन पनि यो टोलीका थुप्रै अधिकृतहरू विवादमा मुछिइरहे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!