बाँके । राप्ती सोनारी ५ आलिनगरको जंगलमा नेपालगन्जतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०९८३ नम्बरको बसमा आगलागी भएको छ ।
बिग्रिएको बस बनाउन लैजाने क्रममा विजुलीको तार बसमा परी आगलागी भएको बाँके प्रहरीले जनाएको छ । सो बसका चालक र सहचालकले हामफालेर ज्यान जोगाएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।