२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सिमानाका रक्सौलमा हतियार उद्योगमा प्रहरीको छापा ठुलो मात्रामा हातहतियार सहित ४ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, बैशाख ०६, २०८२

पर्सा । बिरगंज सीमावर्ती शहर रक्सौलको सिरिसियामा हतियार उद्योगमा प्रहरीको छापा, भारी मात्रामा हातहतियार सहित चारजना पक्राउ (फाेटाे फिचर सहित)भारतीय प्रहरीको छापा: सिरिसिया गाँउमा अवैध हतियार उद्योगबाट ठूलो परिमाणमा हतियार बरामद

वीरगंज नजिकै सीमावर्ती भारतीय शहर रक्सौलको सिरिसिया गाउँमा अवैध रूपमा सञ्चालनमा रहेको हतियार उद्योगमा भारतीय प्रहरीले अपरेशन गर्दै भारी मात्रामा हातहतियार बनाउने उपकरण तथा कच्चा सामग्री सहित चारजनालाई पक्राउ गरेको छ ।

पोल्ट्री फार्मको आडमा लुकाई राखिएको उक्त हातहतियार बनाउने उद्योगमा १२ घण्टासम्म लगातार छापामारी गर्दै साहुदेखी प्राविधिक सम्मका चारजनालाई भारतीय प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय मोतिहारीको विशेष सूचनाका आधारमा पलनवा थाना क्षेत्रको सिरिसिया गाउँमा पुगेको प्रहरी टोलीले उक्त हतियार उद्योग फेला पारेको हो ।

प्रहरीले घटनास्थलबाट विभिन्न खालका पेस्तोल, कार्बाइन, गोली, हतियार बनाउने कच्चा सामग्री, मोल्ड, ड्रिल मेशिन, वेल्डिङ मेशिन, अर्धनिर्मित पेस्तोल बडी, म्यागजिन, स्लाइडिङ पार्ट, खोका, तलवार लगायतका वस्तुहरू बरामद गरेको छ । बरामद हतियार सामग्री एकीकृत रूपमा सञ्चालनमा रहेको अवस्थामा भेटिएको भारतीय प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारजना व्यक्तिहरू मध्ये हतियार उद्योगका मुख्य सञ्चालक पंकज सिंह, उनका बुबा राजेश्वर सिंह, छपरा निवासी अमिताभ शर्मा र मुंगेरका नौयर आलम रहेका छन् । पक्राउ परेका मध्ये नौयर आलम प्रख्यात हतियार प्रशिक्षक मानिएको र उनले मोल्डिङ तथा डिजाइनिङको जिम्मा लिइरहेको अनुसन्धानबाट खुलेको छ । उनले दर्जनौँ हतियार निर्माण गर्ने विभिन्न तालिम दिएको प्रारम्भिक जानकारी भारतीय प्रहरीले दिएको हाे ।

भारतिय प्रहरीले घटनास्थलबाट  १ थान कंट्री मेड कार्बाइन, ३ थान देशी पेस्तोल, ३१ थान ३.५ बोरको कारतुस, ४३ थान ९ एमएमको कारतुस, ९० थान ७.६२ एमएमको कारतुस, २ थान खोका, १ थान देशी सिक्सर, ६ थान अर्धनिर्मित पेस्तोल बडी, १० थान स्लाइडिङ, २० थान म्यागजिन अर्धनिर्मित, ६ थान मोल्ड, ३ थान अर्धनिर्मित बोस, १ थान ड्रिल मेशिन, १ थान वेल्डिङ मेशिन, १ थान तलवार, २ थान ड्रिल मेशिन, १ थान लेथ पुसिन, १ थान श्यामपट्ट, ७ थान अर्धनिर्मित फ्रेम लगायत सामाग्री बरामद गरेको छ ।

यो फ्याक्ट्री सिरिसिया गाउँमा रहेको पोल्ट्री फर्मभित्र लुकाइएको थियो र त्यहाँ दैनिक रूपमा हतियार उत्पादन भइरहेको पक्राउ परेकाहरूबाट खुलेको छ । फार्ममा काम गर्ने मजदुर र फ्याक्ट्री सञ्चालकहरू बीच विभिन्न जिम्मेवारीहरू दिइएको जानकारी खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पंकज सिंहले आफ्नो बुबाको साथमा हतियार बनाउने सम्पूर्ण समान जुटाउने र विभिन्न व्यक्तिहरूलाई सप्लाइ गर्ने गरेको खुलेको छ ।

यस घटनाले नेपाल–भारत खुला सिमानामा भइरहेको आपराधिक गतिविधिको झनै गम्भीर तस्वीर देखाएको छ । भारतीय प्रहरीका अनुसार पक्राउ परेकाहरूले बेचेका अधिकांश हातहतियार सीमावर्ती शहरको वारिपारि लुटपाट, हत्या, हिसाँ, अपहरण फिरौती लगायत आपराधिक गतिविधिमा प्रयोग हुने गरेकाे प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रमा यसरी चलाइएका उद्योगहरूले दुवै देशका लागि सुरक्षा चुनौती बढाएको छ ।

सिरिसिया गाउँ भारत–नेपाल सीमाबाट नजिकै पर्छ र सीमावर्ती क्षेत्र भएकाले यहाँ यस्ता अवैध गतिविधि लुकाउन सक्छन् । प्रहरी स्रोतका अनुसार यस फ्याक्ट्रीमा नेपाल सहित अन्य राज्यमा आपूर्ति गर्ने उद्देश्यले हतियार बनाउने काम हुँदै आएको थियो । यस उधाेगकाे साहु, प्राविधिक पक्राउ परेपनी उधोगबाट कसले के के किने र कहाँ प्रयोग भएको बारे विस्तृत अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएकाे छ ।

भारतीय प्रहरीले यस अपरेशनलाई ठूलो सफलता मानेको छ र भविष्यमा यस्ता गैरकानुनी गतिविधि नियन्त्रणका लागि थप निगरानी बढाउने जनाएको छ । छापामारीमा अनुमंडल पुलिस पदाधिकारी रक्सौलका धीरैन्द्र कुमार, थानाध्यक्ष पलनवाका सीता केवट, थानाध्यक्ष भेलाहीका शाहरुख, थानाध्यक्ष रामगढवाका अमरजीत कुमार, थानाध्यक्ष परसाका सुनील कुमार लगायतको प्रहरी टोलि रहेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!