२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नारायणगढ बुटवल सडक खण्ड दाउन्नेमा रोकिएका गाडी जाममा,यात्रुहरुको बिचल्ली,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख ०५, २०८२

बुटवल । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ बुटवल सडक खण्डको दाउन्नेमा रोकिएका गाडी अघि बढ्न थालेका छन् । गएराति १२ बजेदेखि पूर्णरूपमा बन्द भएको सडकमा केहीबेर अघिदेखि गाडी अघि बढाउन थालेको नारायणगढ–बुटवल सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रले जानकारी दिनुभयो । अस्ति बुधवारदेखि दिउँसो ११ बजेदेखि ३ बजेसम्म बन्द गरेर सडक स्तरोन्नतिको काम गर्ने गरेकोमा आज लामो समयदेखि गाडी रोकिएका कारण दिउँसो काम रोकेरै गाडी चलाएको उहाँले बताउनुभयो । दाउन्नेमा चिप्लो बाटोका कारण गएरातिदेखि गाडी चल्न नसक्दा यात्रुको बिचल्ली भएको छ । दुई फिटसम्म जमेको धुलोमा पानी परेपछि बाटो चिप्लो भएर गाडी चल्न नसकेका हुन् । बाटो बन्द हुँदा दाउन्ने पश्चिमभन्दा दाउन्ने पूर्वमा अत्यधिक ट्राफिक जाम भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो । दाउन्नेदेखि पश्चिम झन्डै चोरमारासम्म २० किलोमिटरभन्दा बढी ट्राफिक जाम भएको छ । दुई दिन सिमसिम पानी पर्दैमा दाउन्नेमा हिलोले बिचल्ली भएपछि वर्षायाममा अवस्था के होला भन्ने चिन्ता बढेको छ । नारायणगढ–बुटवल सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रका अनुसार दाउन्ने खण्डका माटोको बनोटका कारण सुक्खायाममा धूलो थुप्रिने र पानी पर्नेबित्तिकै हिलो हुन्छ । गाडी त्यही दबदबे हिलोमा गाडिन पुग्छन् । १३ किलोमिटर खण्डमा यस्तो जटिलता रहेको उहाँले बताउनुभयो । याे खण्डमा ग्राभेल गर्ने काम भइरहेकोले वर्षायाममा केही सहज हुने आशा रहेको उहाँको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!