२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सवारी नक्कली लाइसेन्स प्राप्त गर्ने व्यक्तिहरुको सूचीहरु यातायात मन्त्रालयमा सांसद गौतमद्वारा छानबिन माग

Logo
ABC (भन्डाफोर) प्रकाशित बिहिबार, बैशाख ०४, २०८२

 

काठमाडौं । प्रतिवेदन कार्यान्वयनबारे संघीय संसद सचिवालयमार्फत सोधिएको प्रश्नमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मौन बसेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर नेपालमा २०७२ साल मंसिर यता जारी भएका एक लाख २७११ वटा लाइसेन्स शंकास्पद भेटिएको तथ्य सार्वजनिक भएको बताएकी थिइन् ।

उनको प्रश्न थियो, ‘लाखौं मानिसलाई प्रभावित पार्ने यो विषय सार्वजनिक भएको यतिका समय भयो, सरकारले समाधानका लागि के काम गरिरहेको छ ? शंकास्पद लाइसेन्स ‘भेरिफाइ’ गर्न दिइएको प्रतिवेदन नै गायब भएको भनिन्छ, के यो सत्य हो ?’

जवाफमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यो विषयमा बागमती प्रदेश सरकारलाई पत्राचार गरिएको भनेका छन् ।

उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम सवारी चालक अनुमतिपत्रको नवीकरण (दफा ५६), निलम्बन (दफा ६०), खारेजी (दफा ६१) अधिकार प्राप्त अधिकारी (यातायात व्यवस्था कार्यालयका प्रमुख) ले गर्न सक्ने कानूनी व्यवस्था अनुसार अनुसूचीमा राखिएका सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेश यातायात कार्यालयहरुबाट नै प्रचलित कानून बमोजिम रुजु प्रक्रिया टुंग्याइ रद्द गर्ने वा नवीकरण गर्ने कार्य नक्कली ड्राइभिङ लाइसेन्ससम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयनमा नरहेको पाइएको छ ।

प्रतिवेदन कार्यान्वयनबारे संघीय संसद सचिवालयमार्फत सोधिएको प्रश्नमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मौन बसेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर नेपालमा २०७२ साल मंसिर यता जारी भएका एक लाख २७११ वटा लाइसेन्स शंकास्पद भेटिएको तथ्य सार्वजनिक भएको बताएकी थिइन् ।

उनको प्रश्न थियो, ‘लाखौं मानिसलाई प्रभावित पार्ने यो विषय सार्वजनिक भएको यतिका समय भयो, सरकारले समाधानका लागि के काम गरिरहेको छ ? शंकास्पद लाइसेन्स ‘भेरिफाइ’ गर्न दिइएको प्रतिवेदन नै गायब भएको भनिन्छ, के यो सत्य हो ?’

जवाफमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यो विषयमा बागमती प्रदेश सरकारलाई पत्राचार गरिएको भनेका छन् ।

उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम सवारी चालक अनुमतिपत्रको नवीकरण (दफा ५६), निलम्बन (दफा ६०), खारेजी (दफा ६१) अधिकार प्राप्त अधिकारी (यातायात व्यवस्था कार्यालयका प्रमुख) ले गर्न सक्ने कानूनी व्यवस्था अनुसार अनुसूचीमा राखिएका सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेश यातायात कार्यालयहरुबाट नै प्रचलित कानून बमोजिम रुजु प्रक्रिया टुंग्याइ रद्द गर्ने वा नवीकरण गर्ने कार्य गर्न प्रदेश मन्त्रालयमार्फत यातायात कार्यालयहरुलाई पत्राचार गरिएको छ ।

अनुसूचीमा भएका सवारी चालक अनुमतिपत्र यथेष्ट प्रमाण जस्तै ढड्डा, रसिद हेरी कार्यालयबाटै जारी गर्न मिल्ने गरी EDL System मा व्यवस्था मिलाइएको भनिएको छ ।

साथै, शंकास्पद रहेको भन्ने विषयसँग सम्बन्धित प्रतिवेदन वेबसाइटमा रहेको भनिएको छ । ‘प्रश्नमा उल्लेख भएको विषयको प्रतिवेदन यातायात व्यवस्था विभागको वेबसाइटमा राखिएको व्यहोरा अनुरोध गर्दछु’, जवाफमा उल्लेख छ ।

अर्थात, २०७२ साल मंसिर यता जारी भएका एक लाख २७११ वटा लाइसेन्स शंकास्पद रहेको भन्नेसँग सम्बन्धित प्रतिवेदन कार्यान्वयनको अवस्थाबारे प्रष्टसँग मन्त्रालयले केही खुलाएको छैन ।

यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स प्रकरणमा आन्तरिक अध्ययन प्रतिवेदन तयार पारेको थियो । जसमा ६ किसिमका शंकास्पद लाइसेन्स रहेको भनिएको थियो ।

प्रतिवेदनमा इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम (ईडीएलभीआरएस) मा चलखेल र नक्कली लाइसेन्स प्राप्त गर्ने व्यक्तिहरुको सूची समेत रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!