१२ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

काठमाडौँ उपत्यका र आसपास क्षेत्रमा बिहान भूकम्पको धक्का महसुस,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ०३, २०८२

 

काठमाडौं । नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर पाँच म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प आज बिहान ०४ः०५ बजे गएको हो । यसको धक्का काठमाडौँसम्म महसुस गरिएको हो ।

पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । केन्द्रका अनुसार मङ्गलबार बिहान ०४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर चार दशमलव चार म्यााग्निच्युडको भूकम्प गएको थियो ।

गत सोमबार राति ०९ः३१ बजे पनि जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक  म्यााग्निच्युडको भूकम्प गएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्बोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई ३ दिनभित्र विद्यालय फर्कन आदेश जारी काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो ।

काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना नायव महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरिएको छ। गृह मन्त्रालयले बिहीबार ६ प्रदेशका प्रमुखसहित विभिन्न जिम्मेवारीमा रहेका डीआईजीहरूको सरुवा गरेको हो।हाल सशस्त्र प्रहरी बलका प्रवक्ता रहेका डीआईजी कुमार न्यौपानेलाई कोशी प्रदेशअन्तर्गतको बराह बाहिनीमा सरुवा गरिएको छ। यसअघि बराह बाहिनीको जिम्मेवारी सम्हालेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा पठाइएको छ। यसैगरी, मधेस प्रदेशको […]

काठमाडौं । ट्राफिक प्रहरीबाट एक जना व्यक्ति कुटिएको भिडिओ यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सार्वजनिक भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छ । उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिन्छ । ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ । कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ । सार्वजनिक भिडिओ काठमाडौं […]

error: Content is protected !!