१४ बैशाख २०८२, आइतबार
27-04-2025 , Sun
×

बाँके प्रहरीको २६ दिन हिरासत पछी पत्रकार मल्लद्वारा सनसनीपूर्ण खुलासा हिरासतभित्र लागूऔषध कारोबार ?

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०२, २०८२

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतभित्रै लागूऔषधको कारोबार हुने गरेको सनसनीपूर्ण खुलासा भएको छ। अभद्र व्यवहारको अभियोगमा २६ दिन हिरासतमा बसेका पत्रकार आशिष मल्ल ठकुरीले सोमबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी हिरासतमा हुने अमानवीय व्यवहार र अवैध गतिविधिका बारेमा महत्वपूर्ण जानकारी सार्वजनिक गरेका हुन्।

मल्लका अनुसार हिरासतको ट्वाइलेटभित्रै दुई व्यक्तिहरू खुलेआम लागू औषध सेवन गरिरहेका थिए। “ओम बटालाले नै जब्त गरेको स्टिक पेपर, बिलेट र लाइटर सहितका सामाग्रीहरू हिरासतभित्रै फेला परेका छन्, यसको जानकारी बाँके जिल्लाका एसपीलाई थियो कि थिएन? यदि थियो भने पनि लुकाइएको हुनसक्छ,” मल्लले प्रश्न उठाए।

उनले प्रहरीहरूमै लागुऔषध विक्रीमा संलग्न रहेको आरोप लगाउँदै भने, “बाहिर दश रुपैयाँ पर्ने सुर्ति प्रहरीहरूले हिरासतभित्र हजार रुपैयाँमा बेचेका छन्। बीस रुपैयाँ पर्ने चुरोट सय रुपैयाँमा बेचेको आफैले देखेको छु। चुरोटको गन्ध नफैलियोस् भनेर ट्वाइलेटमा अगरबत्ती बालिएको थियो।”

मल्लले हिरासतमा गरिब, मजदुर तथा रिक्सा चालकहरूलाई सामान्य आरोपमा समेत अनावश्यक रूपमा थुनिएको भन्दै गम्भीर आपत्ति जनाए। उनले भने, “दैनिक अटो चलाएर परिवार पाल्ने युवालाई ‘अभद्र व्यवहार’ को नाममा २६ दिनसम्म थुन्नु कति न्यायसंगत हो? यस्तो व्यवहार अपमानजनक मात्र होइन, अमानवीय पनि हो।”

हिरासतमा रमदानको समयमा रहेका मुस्लिम कैदीहरूलाई पनि अपराधीसरह व्यवहार गरिएको आरोप लगाउँदै उनले भेटघाटमा समेत अवरोध गरिएको बताए। “परिवारजनले ल्याएको फलफूलसम्म बाहिरै फिर्ता गरिदिने व्यवहार प्रहरीबाट भएको छ,” उनले बताए।

समाजसेवामा पनि सक्रिय पत्रकार मल्लले हिरासतमा रहेका केही व्यक्तिहरूको धरौटीसमेत तिरेको उल्लेख गर्दै भने, “एक जना किशोरले रुन्दै भने, ‘दाइ, बहिनीलाई म पढाउँथे, म बिना घर कसरी चल्ला?’ मैले उसको धरौटी तिरेर निकालिदिएँ। म अपराध गर्न होइन, सेवा गर्न हिरासतमा पुगेको रहेछु।”

पत्रकार मल्लले प्रहरी प्रशासनभित्रको यस्ता विकृतिका विषयमा गहिरो अनुसन्धान गर्न माग गरेका छन्। “पहिला मलाई अनुसन्धान गर्नु भन्दा बरु प्रहरी हिरासतभित्र के भइरहेको छ, त्यहाँ अनुसन्धान गर्नुहोस्,” उनले बाँके प्रहरीलाई चुनौती दिएका छन्।

यता यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेको सूचना अधिकारी एवं प्रहरी प्रबक्ता डिएसपी दिपक पातलीले यो विषयमा अहिले कुरा नगरो भोलि बिहान् गरो भन्ने जवाफ दिएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आइतबार दिउँसो शिक्षकको आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ । रिपोर्टिङका लागि पुगेकी पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबीचको झडपको क्रममा आँखामा चोट लागेको थियो । सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेको थियो । तर, उनको आँखामा […]

काठमाडौँ । दिनहुँ झैँ आज पनि शिक्षक तथा विद्यालय कर्मचारीहरू माइतीघर मण्डला–नयाँ बानेश्वर सडक खण्डमा विरोध प्रदर्शनका लागि निस्किए । विगत २५ दिनसम्म माइतीघरबाट हिँडेर नाराबाजी गर्दै नयाँ बानेश्वरस्थित एभरेस्ट होटल नजिकैको सडकमा कोणसभा गर्दै आएका थिए । त्यही शिक्षक नेताहरू भाषण गर्दै प्रदर्शन सकिँदै आएको थियो । तर, आज भने त्यही सडक खण्डमा एकाएक अशान्त […]

दाङ । २० वर्षअघि ससुराको हत्या गरी फरार भएका एक व्यक्तिलाई हदम्याद सकिन केही महिना बाँकीछँदा दाङको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टरिगाउँ बस्दै आएका ३९ वर्षीय वीरबहादुर गुरुङ छन् । रोचक त के छ भने १५ वर्षसम्म लुकिछिपी भारतमा बसेका उनी पाँच वर्षअघि दाङमै फर्किएर प्रहरीकै पोल्ट्रीफार्ममा काम गरिरहेका […]

error: Content is protected !!