१४ बैशाख २०८२, आइतबार
27-04-2025 , Sun
×

लागूऔषध विरूद्धको महाअभियान प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श एआईजी तामाङद्वारा समुद्घाटन

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०२, २०८२

काठमाडौं । उपत्यका प्रहरी कार्यालयद्वारा आयोजना गरिएको लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम अन्तर्गत लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमको समुद्घाटन कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोको सभाहलमा मंगलवार काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
लागूऔषध दुर्व्यवसनको तथ्याङ्क दिनानुदिन बढ्दै गईरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समाजका हरेक सरोकारवाला पक्षहरुको एउटै सक्रिय संयन्त्रको रुपमा अगाडि बढ्ने आवश्यकतालाई बोध गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम गत फागुन १७ गते गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा एक समारोहबीच शुभारम्भ गरिएको थियो ।
लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले वर्तमान समयमा समग्र राष्ट्रलाई नै असर गर्ने गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषधको नियन्त्रणमा सबै सरोकारवाला पक्षहरूको साथ, सहयोग, सहकार्य र समन्वय आवश्यकता रहेको बताउनु हुदै लागूऔषध सेवनकर्ताहरुलाई समुदाय स्तरमानै अनुशिक्षणका साथै सामाजिक पुन:स्थापना गर्ने उद्धेश्यका साथ काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतले विभिन्न सचेतनामूलक तथा प्रशिक्षण कार्यक्रम संचालन गरिरहेको अवस्थामा सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोले आयोजना गरेको लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमले समाजमा विकराल रुप लिएको लागूऔषध दुर्व्यवसनको न्यूनिकरणमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।
जिवन विज्ञानका प्रशिक्षक रेखा घिमिरे र आसरा सुधार केन्द्र रानीबारीका प्रशिक्षक गौरब सिरोहियाले प्रशिक्षण गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, सिनियर प्रहरी अधिकृतहरु, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोका पदाधिकारीहरु तथा सदस्यहरु लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
साथै यस कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक नवराज अधिकारीको प्रमुख आतिथ्यता तथा आसरा सुधार केन्द्र रानीबारीका बरिष्ठ मनोपरामर्शदाता सम्राट नरसिँह प्रधान प्रशिक्षणमा लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमको समुद्घाटन कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ईचँगुनारायणमा समेत सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । २० वर्षअघि ससुराको हत्या गरी फरार भएका एक व्यक्तिलाई हदम्याद सकिन केही महिना बाँकीछँदा दाङको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टरिगाउँ बस्दै आएका ३९ वर्षीय वीरबहादुर गुरुङ छन् । रोचक त के छ भने १५ वर्षसम्म लुकिछिपी भारतमा बसेका उनी पाँच वर्षअघि दाङमै फर्किएर प्रहरीकै पोल्ट्रीफार्ममा काम गरिरहेका […]

माधवा शर्मा ज्योतिषाचार्य एवं वास्तु विद् 9848060799 मेष -परिवारप्रति झुकाव बढ्नेछ। घरको काममा समय दिनुपर्ने देखिन्छ। भावनामा बहकिने सम्भावना छ, धैर्य गर्नु राम्रो हुन्छ। नयाँ लगानी नगर्नुहोस्। वृष-सानोतिनो यात्राको सम्भावना छ। नजिकका आफन्तसँग कुराकानीमा स्पष्टता आवश्यक छ। आर्थिक मामिलामा सजग रहनुहोस्। मिथुन-आर्थिक पक्षमा सुधार आउनेछ। नयाँ स्रोतबाट आम्दानी हुने सम्भावना छ। तर खर्च पनि बढ्न […]

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर शनिबार बेलुका बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए। सो  भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।  दुवै नेताले सरकार परिवर्तनका बारेमा […]

error: Content is protected !!