०५ बैशाख २०८२, शुक्रबार
18-04-2025 , Fri
×

एआईजी टेकबहादुर तामाङद्वारा प्रहरी निरीक्षक नेत्र बहादुर घर्ति मगरलाई दर्ज्यानी चिन्ह सुशोभन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०२, २०८२

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा तालुक गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८१।१२।२६ गतेको निर्णयानुसार मिति २०८२।०१।०१ गतेबाट लागु हुने गरी जनपद तर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी निरीक्षक नेत्र बहादुर घर्ति मगरलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

दर्ज्यानी चिन्ह सुशोभन पश्चात समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सरुवा बढुवा भनेको प्रहरी कर्मचारीको सेवामा प्रवेशदेखी अवकाससम्म नियमित प्रकृया भएकाले पदोन्नति हुनु भएका प्रहरी अधिकृतले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो । साथै प्रहरी निरीक्षक नेत्र बहादुर घर्ति मगरले लामो समयसम्म यस कार्यालयमा कार्यरत रहि प्रदान गरिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।
प्रहरी निरीक्षक नेत्र बहादुर घर्ति मगरले प्रहरी सेवामा प्राप्त अनुभव, अवसर र चुनौतीको सम्बन्धमा मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल,प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका–१ पकडी स्थित निवासमै अध्यक्ष चौधरीमाथि गोली प्रहार भएको हो । राति शौचालय गएर फर्कने क्रममा चौधरीलाई लक्षित गरि घरको कम्पाउण्ड बाहिरबाट गोली प्रहार भएको थियो । तर, उक्त गोलीबाट छलिएकाले आफुलाई कुनै चोटपटक नलागेको उनले बताएका छन् । घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको […]

  भैरहवा । मकवानपुर बिहीवार मनहरी गाउँपालिका–६ नयाँवस्तीस्थित ब्रमादेवी सामुदायिक वन क्षेत्रबाट ५० वर्षीय बाबुराम मुक्तानलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार मुक्तानलाई मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।

बुटवल । वर्षाको कारण दाउन्नेमा क्षेत्रमा सवारी साधनहरू आवतजावत गर्न कठिनाइ भएपछि अहिले यो राजमार्गमा सवारी सञ्चालन गर्न समस्या भएको हो । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाको कारणले सडकमा हिलो भएकाले गाडीहरू उकालो र ओरालोमा चिप्लिएर सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले […]

error: Content is protected !!