काठमाडौं । नेपाल प्रहरी र नेपाली सेनाले बिहान ०९:५० बजेको समयमा स्थायी वतन जिल्ला सुनसरी, इनरुवा न.पा.घर भई,हाल जिल्ला काठमाण्डौ नागार्जुन न.पा. वडा नं.०४ छकुण्डोल सितापाईला बस्ने मानसिक असन्तुलन भएकी मस्तिष्क सम्बन्धि औषधि सेवन गर्ने महिला वर्ष ३१ कि सोनिया राई नजिकै छिमेकी संकर लोहनीको घरको इनारमा हाम फाली उक्त
ईनारमा खसेको भन्ने खबर प्राप्त हुनासाथ यस कार्यालबाट प्र.नि.डबल बहादुर बमको कमाण्डमा २५ (पच्चिस) जनाको विपद् उद्धार टोली आवश्यक उद्धार सामाग्रीहरु सहित खटिई गई सकुशल जिवित उद्वार गरी ११:०० बजेको समयमा विपद् उद्धार टोली यस कार्यालयमा फिर्ता भएको ।