०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

सुनसरीमा अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, बैशाख ०१, २०८२

 

सुनसरी । देवानगञ्ज गाउँपालिकामा गोली चेलेको छ । सोमबार साँझ अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीम बहादुर दाहालका अनुसार घटना सुनसरी सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा साँझ ६ः४५ बजे भएको हो ।

उनका अनुसार अज्ञात समूहले मोटरसाइकलमा आएर तीन राउन्ड गोली प्रहार गरेको थियो ।

गोली प्रहारबाट शिव कुमार महतो घाइते भएका छन् । उनलाई कम्मरदेखि मुनि गोली लागेको छ। घटनाको कारण र अभियुक्तहरूको पहिचान सम्बन्धी थप अनुसन्धान भइरहेको दाहालले बताए ।

शिव कुमारको भने नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कास्की । पोखरा खाना खाएर ‘डीएसपी हुँ’ भन्दै पैसा नतिरेपछि आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) भनेर चिनाउँदै धाकधम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बागलुङ नगरपालिका–४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका छन् ।आइतबार राति करिब १० बजे पोखरा महानगरपालिका–८ स्थित सृजनाचोकको ढावा रेष्टुरेन्ट एण्ड बारमा खाना खाएर पैसा नतिरी आफू […]

  कैलाली । मोहन्याल ७, पितमारीमा नयाँ वर्ष २०८२ को अवसरमा पत्रकार मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। लम्कीचुहा प्रेस क्लबको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बाँके, बर्दिया र कैलालीका करिब ५० जना पत्रकारहरुको सहभागिता रहेको थियो। कार्यक्रमको संयोजन दीपक रावलले गर्नुभएको थियो भने सभाध्यक्षको भूमिका पनि उहाँले नै निर्वाह गर्नुभएको थियो। कार्यक्रममा नेपाल […]

  कपिलवस्तु । टिकटक एकाउन्टमा पेस्तोल देखाएर भिडियो बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवले यही वैशाख ६ गते करिब साढे ६ बजे पेस्तोल देखाएको भिडियो टिकटकमा पोष्ट गरेका थिए । सोही भिडियोका आधारमा प्रहरीले पक्राउ गरेको हो […]

error: Content is protected !!