१२ बैशाख २०८२, शुक्रबार
25-04-2025 , Fri
×

पुर्व राजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गर्दै तीनकुने घटनाप्रति दुःख व्यक्त गरे,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, चैत्र ३०, २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका छन् । शाहले नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

उनले नागरिक स्वतन्त्रताभन्दा ठुलो अरु कुनै तन्त्र नहुने समेत बताएका छन् । वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताएका छन् ।

गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा २ जनाको ज्यान जानुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सरकार परिवर्तन हुने हल्लाका बीच प्रधानमन्त्रीको यस्तो जवाफ आएको हो । शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अबको १४ महिनापछि आफूले राजीनामा दिने बताएका हुन् । आफूले राजीनामा दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने उनले बताए । यसअघि परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्रै […]

  काठमाडौं । शुक्रवार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उन्ले यस्तो बताएका हुन् । मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक–पटक सूचना जारी गरे पनि नमानेको बताए । उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिवन्ध लगाउने चेतावनी दिए […]

  काठमाडौं । ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले भिडियो आफूहरुको जानकारीमा आएको भन्दै त्यसबारे बुझ्ने काम भइरहेको बताए । ‘हामीले पनि भिडियो हेर्‍यौं, त्यो कहाँको हो भन्ने विषयमा बुझिरहेका छौं ।’ यसअघि अर्का एक व्यक्तिलाई […]

error: Content is protected !!