०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

गोकर्णेश्वर नगरपालिकाद्वारा ७२ वटा सिसि क्यामेरा जडान गरी प्रहरी वृत्त बौद्धलाई हस्तान्तरण :

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र ३०, २०८१

 

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक प्रसाद रिजालको प्रमुख आतिथ्यता एंव जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्र.ब.उ विश्व अधिकारीको विशेष आतिथ्यतामा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को सभाहलमा CCTV क्यामेरा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको क्रममा प्र.व.उ विश्व अधिकारीले समाजमा शान्ति सु-व्यवस्था कायम गर्न स्थानिय निकाय र प्रहरी विचको सहकार्य अपरिहार्य रहेको सन्दर्भमा गोकर्णेश्वर न.पा. द्वारा CCTV क्यामेरा जडान गरी प्रहरीलाई हस्तान्तरण गरिएकोमा नगरपालिका प्रति कृतज्ञता व्यक्त गर्नु भयो । साथै जडान भएका CCTV क्यामेराबाट आपराधिक गतिविधिहरु र त्यसमा संलग्न व्यक्तिहरुको सुक्ष्म निग्रानी गर्न मद्दत पुग्ने भएकोले अपराध अनुसन्धान एंव नियन्त्रणमा यसले विशेष सहयोग पुर्‍याउने विश्वास समेत व्यक्त गर्नु भयो ।

गोकर्णेश्वर नगरपालिकाद्वारा विनियोजित ४० लाख रकमबाट अरव बैंक देखि दक्षिणढोका र जोरपाटीदेखि वि.पी चोक सुन्दरीजल सम्मका विभिन्न स्थानहरुमा ७२ वटा CCTV क्यामेरा जडान गरी प्रहरी वृत्त बौद्धलाई हस्तान्तरण गरिएको थियो । अरव बैंक देखि दक्षिणढोका सम्म २० वटा CCTV क्यामराको प्रहरी चौकी जोरपाटीबाट Monitoring गर्ने र जोरपाटी देखि वि.पी चोक सुन्दरीजलसम्म जडान भएका ५२ वटा CCTV क्यामेराको प्रहरी प्रभाग गोकर्णबाट Monitoring गर्ने व्यवस्था मिलाइएको छ ।

उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, प्रहरी वृत्त बौद्धका प्रमुख प्र.ना.उ जयश्वर रिमाल, ट्राफिक प्रहरी वृत्त बौद्धका प्रमुख प्र.नि. जितेन्द्रमान श्रेष्ठ लगायत स्थानिय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बुटवल । बुद्ध नगर ११ मा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ। पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगर खाजा घर सञ्चालन गरेकी थिइन् । रुपन्देही  एसपी रञ्जित सिह राठौरले ९ः३० बजेतिर  मोटरसाइकलमा आएका युवाले २९ वर्षीय अविवाहित युवतीलाई गोली प्रहार […]

  काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले धवलकी पत्नी प्रतिमा राणालाई बोलाएको हो । राणालाई शुक्रबार नै रिहा गर्ने भनिएपनि आवश्यक प्रक्रिया पूरा हुन ढिलाइ भएपछि हिजो रिहा नगरिएको हो । राणा रिहा हुने भनिएपछि शुक्रबार राप्रपाका नेता कार्यकर्ताको परिसरमा भीड लागेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले राणालाई हाजिर […]

  बाँके । राप्ती सोनारी ५ आलिनगरको जंगलमा नेपालगन्जतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०९८३ नम्बरको बसमा आगलागी भएको छ । बिग्रिएको बस बनाउन लैजाने क्रममा विजुलीको तार बसमा परी आगलागी भएको बाँके प्रहरीले जनाएको छ । सो बसका चालक र सहचालकले हामफालेर ज्यान जोगाएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

error: Content is protected !!