०९ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

रामभक्त हनुमान जन्मजयन्ती देशभरका हनुमान मन्दिरमा पूजा,आराधना एवं पाठ गरी मनाइयो

Logo
ABC-Sanchar प्रकाशित आइतबार, चैत्र ३०, २०८१

 

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिएको छ । हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने परम्परा छ ।

हनुमान जयन्तीका अवसरमा गरिने शोभायात्रा पनि आजै सम्पन्न भएको छ । श्री हनुमान सेवा मण्डल, मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्रलगायतले हनुमान जयन्तीका अवसरमा पूजा आराधना गरेका छन् ।

हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ । शतरुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेको पौराणिक मान्यता छ । यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ ।

रामायण नै हनुमानको बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रुपमा जन्म लिनुभएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रुपमा हनुमानले पनि जन्म लिएको वर्णन गरिएको छ ।

स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन भनी व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनी वर्णन गरिएको छ ।

हनुमानको मूर्तिमा सिन्दुर लगाइएको हुन्छ । सिन्दुरले हड्डी एवं मांशलाई सुसङ्गठित शरीर निमार्णमा भूमिका खेल्दछ । यस अवसरमा आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना गर्नुका साथै शोभायात्रा निकालिएको थियो । मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिएकामा यो वर्ष हनुमान जयन्ती शनिबार नै परेकाले पनि विशेष अवसर मानिएको धर्मशास्त्रविद् प्राध्यापक डाक्टर रामचन्द्र गौतम बताउँछन् । शनिबारमै जन्मजयन्ती परेकाले यसदिन हनुमानको आराधना उत्तम रहेको धर्मशास्त्रविद् प्राध्यापक डाक्टर गौतमले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । रौतहटको मौलापुर नगरपालिकाबाट प्रहरीले आइतबार राति स्रोत नखुलेको रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेकालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।मौलापुर–६ पथराबुधरामस्थित सार्वजनिक सडकमा जाँचका क्रममा १० लाख नेपाली रुपैयाँसहित भारतको मोतिहारी थाना कुंडवा चैनपुर ग्राम पञ्चायत खरहा चैनपुर–८ ग्राम मुसहरीयाका २३ वर्षीय राजकिशोर ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरीका डीएसपी दिपककुमार […]

  कपिलवस्तु । जिल्ला प्रहरी कार्यलय कपिलवस्तुमा आयोजित मासिक मिटिङ्ग कार्यक्रमका क्रममा एसपी निरन्जन भट्टले जिल्लाका मातहत प्रहरी इकाइका प्रमुखहरुलाई विभिन्न समसामयिक विषयमा निर्देशन दिएका छन्। उनले भारतीय सीमानाकाहरुमा हुने चोरी – तस्करी नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण, महत्वपूर्ण स्थान तथा आम नागरिकको सुरक्षा, प्राकृतिक प्रकोपप्रति तत्काल प्रतिक्रिया, प्रहरी आचारणमा उच्च नैतिकता र सामाजिक संजालको सही […]

कास्की । पोखरा खाना खाएर ‘डीएसपी हुँ’ भन्दै पैसा नतिरेपछि आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) भनेर चिनाउँदै धाकधम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बागलुङ नगरपालिका–४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका छन् ।आइतबार राति करिब १० बजे पोखरा महानगरपालिका–८ स्थित सृजनाचोकको ढावा रेष्टुरेन्ट एण्ड बारमा खाना खाएर पैसा नतिरी आफू […]

error: Content is protected !!