०२ बैशाख २०८२, मंगलबार
15-04-2025 , Tue
×

बिरगंजमा शनिबार भएको दुई समुदायबीचको झडपमा एसपीसहित २३ जना सुरक्षाकर्मी घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र २९, २०८१

 

पर्सा । बिरगंज जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नेपाल प्रहरीतर्फ एसपी गौतम मिश्रसहित १५ जना घाइते भएका छन् भने सशस्त्र प्रहरीतर्फ ८ जना घाइते भएका हुन् । सर्वसाधारणतर्फ पनि केही घाइते भएको प्रहरीले जनाएको छ ।

झडप उग्र भएपछि प्रहरीले ७० राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै दुई राउण्ड हवाइ फायर समेत गरेको प्रहरीले जनाएको छ ।यसैबीच स्थितिलाई सहज बनाउन स्थानीय प्रशासनले शनिबार साँझदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको छ ।

जसअनुसार पूर्वः भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१५, पश्चिमः सिर्सिया पुल–वीरगञ्ज महानगरपालिका–२५ सम्म कफ्र्यू आदेश जारी गरिएको हो । यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका–१४ सम्म कर्फ्यू आदेश जारी गरेको छ ।

यसैगरी, दक्षिणतर्फ शङ्कराचार्य गेट– वीरगञ्ज महानगरपालिका–१६ सम्म कर्फ्यू आदेश कायम रहने प्रशासनले जनाएको छ । यसअघि हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष -आज विचार र योजनामा स्पष्टता आउँछ। पुराना अधुरा कामहरूमा गति मिल्नेछ। मान्यजनको सहयोग पाइनेछ। मन मिल्ने व्यक्तिसँग समय बित्न सक्छ। वृष -दिनको शुरुवात केही मन खिन्न बनाउने भए पनि दिउँसोदेखि क्रमशः ऊर्जा बढ्नेछ। आर्थिक पक्षमा सुधार हुने संकेत छ। नयाँ कामको प्रस्ताव आउन सक्छ। मिथुन -बोलिमा मिठास राख्नुपर्ने दिन हो—सामाजिक सम्बन्धमा असर पर्न सक्छ। […]

  सुनसरी । देवानगञ्ज गाउँपालिकामा गोली चेलेको छ । सोमबार साँझ अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीम बहादुर दाहालका अनुसार घटना सुनसरी सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा साँझ ६ः४५ बजे भएको हो । उनका अनुसार अज्ञात समूहले मोटरसाइकलमा आएर तीन राउन्ड […]

काठमाडौं । वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदैछ । आजैदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि नयाँ वर्षको अवसरमा सार्वजनिक बिदा दिइने गरिन्छ विगतका वर्षहरूमा तीनै तहका सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएका छन् । तर यो पटक भने भर्ना अभियान अन्योल बन्ने भएको छ । किनकि प्रमुख अभियानकर्ता शिक्षक तथा विद्यालय […]

error: Content is protected !!