०४ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

बिरगंजमा कर्फ्यु आदेश जारी पछी स्थितिलाई नियन्त्रणमा लिन अहिले नेपाली सेना परिचालन

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र २९, २०८१

 

पर्सा । वीरगन्जमा शनिबार भएको दुई समुदायबिचको दोहोरो झडप नियन्त्रण लिन सेना परिचालन गरिएको छ । शनिबार साँझ वीरगन्ज महानगरपालिका क्षेत्रमा सेना परिचालन गरिएको हो ।

त्यसअघि स्थानीय प्रशासनले साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन अहिले सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।

झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले १४५ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले क्रमशः ७०/७५ राउन्ड अश्रुग्याँस प्रहार गरेको अर्याले जानकारी दिएका छन् । झडपमा १२ सर्वसाधारण घाइते भएका छन् । झडपका क्रममा ४ वटा मोटरसाइकल जलाइएको छ ।  झडपका क्रममा एसपी गौतम मिश्रसहित नेपाल प्रहरीका मात्रै १५ जना घाइते भएका छन्। यस्तै सशस्त्र प्रहरीतर्फ पनि ८ जना घाइते भएका छन् ।

हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान् हनुमानको जयन्तीको अवसरमा शनिबार वीरगन्जमा शोभायात्रा निकालिएको थियो ।  उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

८५ जना प्राविधिक प्रहरी कर्मचारीको बढुवा तथा पदस्थापन काठमाडौं । प्रहरी महानिरीक्षकको आज वैशाख ३ गतेको निर्णयअनुसार आकै समितिबाट लागु हुने गरी प्राविधिक प्रहरी समुह तर्फ ८५ जनाको बढुवा तथा पदस्थापन गरिएको हो ।

  काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले केहि दिन अघि रुपन्देहीको एक कार्यक्रममा चैत मसान्तबाट नेपालमा दर्ता नगर्ने सामाजिक संजाल बन्द हुने घोषणा गरे । उनले भने, ‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भइसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म दर्ता नभए बन्द गर्छौँ ।’ तर सरकारले दिएको समयसिमानै […]

काठमाडौं । नेपाली बजारमा खाने तेलको मूल्य घटेको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार खाने तेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको हो। घटेको मूल्यमा नेपाली बजारमा भटमास र सनफ्लावर तेल प्रतिलिटर २ सय ५० रुपैयाँमा किनबेच हुने भएको छ। अब भेटेको तोरीको तेल प्रतिलिटर ४ सय १० र काँचो तोरीको तेल २ सय ४५ देखि […]

error: Content is protected !!