
दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको मातहत ट्राफिक प्रहरी पोष्टहरुबाट बिभिन्न स्थानमा सर्वसाधारणहरु,चालक सह-चालक,यात्रु सडक प्रयोग कर्ताहरुलाई भेला जम्मा गरि ट्राफिक नियम,लेन अनुशासन,ओभरटेक गर्ने तरिका, हेलमेटको प्रयोग, सडक
प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु, सवारी दुर्घटनाबाट बच्ने उपायहरु र दुर्घटना न्युनिकरणका बिषयमा ट्राफिक सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख राजेश शाहीले जानकारी दिनुभएको छ ।