नेपाल प्रहरीमा ६० प्रतिशत भन्दा बढी जुनियर र सिनियर प्रहरी अधिकृतहरू असन्तुष्ट किन ?
काठमाडौं । नेपाल प्रहरीमा ६० प्रतिशतभन्दा बढी जुनियर र सिनियर अधिकृतहरू असन्तुष्ट छन्। ९५% प्रहरी जवान हवल्दार हरु अस्तुष्ट छन् ।इमान्दार प्रहरी अधिकृत आफ्नै व्याजी साथी पावर र प्रभाव मा २ तह वढुवा हुदा ऊ तेही पद मा छ यस्तो प्रहरीमा धेरै छ विशेषगरी प्रहरी महानिरीक्षकको बढुवामा त अझ बढी रोष र रुष्टता देखिएको छ। सबैलाई छर्लङ्ग थाहा छ कि वर्तमान बढुवा प्रक्रिया प्रधानमन्त्री र सरकारलाई प्रभावमा पारेर गरिएको हो।
त्यस्तै, न्यायालयमा पनि धेरैजसो माननीय न्यायाधीशहरू न्यायाधीश नियुक्तिको प्रक्रियामा असन्तुष्टि व्यक्त गरिरहेका छन्।
यदि व्यवस्था परिवर्तनको संघारमा पुगियो भने, यी दुई संवैधानिक निकायहरूमा (प्रहरी र न्यायपालिका) विद्रोह हुन सक्छ।
त्यस्तो अवस्थामा, देशमा श्रीलंका वा बंगलादेशभन्दा पनि भयावह र खतरनाक विद्रोह निम्तिनेछ।
त्यतिबेला वर्तमान नेताहरूको चेत खुल्नेछ, तर तबसम्म ढिलो भइसकेको हुनेछ। जनताको विद्रोह चर्किएको बेला, यी नेताहरू भाग्न सक्नेछन्, र बंगलादेशकी हसीना जस्तै भारतमा पुगेजसरि यीनीहरु ले तेहा गयर हामीलाई जोगाइदेऊ, बरु तपाईंको एक प्रान्त बन्छौं” भनेर गुहार्न समय लाग्ने छैन।
त्यसैले, यस्तो अनर्थ नहोस भन्नका लागि अहिलेका नेताहरूलाई नियन्त्रणमा राखी, हिमाली जिल्लाका बुकि, बुट्यान र घासे मैदानमा लगेर भेडाको ऊन प्रशोधन गर्ने काममा लगाउनुपर्छ। लेखक रमेश राज बास्तोला