काठमाडौं । भारतीय प्रहरीको सहयोगमा आसाम क्षेत्रमा पक्राउ परेका प्रसाईँलाई गलगलिया नाकबाट नेपाल ल्याउने गरी रुट परिवर्तन भएको छ । गलगलिया नाका झापाको भद्रपुरसँग जोडिएको भारतीय सीमा हो ।
जिल्ला प्रहरी कार्यालय झापा श्रोतका अनुसार मेची पुलमा आफन्त र समर्थकको भिड बढेपछि उनलाई अर्कै नाकाबाट नेपाल छिराउने तयारी भएको छ ।
उनलाई लिन झापाका प्रहरी प्रमुख मिलन केसी गलगलिया हिँडेका छन् ।
प्रहरी श्रोतका अनुसार भारतीय प्रहरीबाट गलगलियामा प्रसाईँलाई हस्तान्तरण भएपछि चन्द्रगढी विमानस्थलबाट प्रसाईँलाई काठमाडौँ लगिने छ ।