बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत असई टोपबहादुर बस्नेतको मोटरसाइकल दुर्घटनामा बुधबार दिउँसो मृत्यु भएको हो ।
फरार प्रतिवादी खोजतलासमा खटिएको बेला दुर्घटनामा परी असई बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषीराम घर्तीमगरले जानकारी दिए ।
नेपालगंज गुलरिया सडकअन्तर्गत बाँकेको मानपुरस्थित मोटरसाइकल र ट्र्याक्टरको ट्रालीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।