२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

यातायात कार्यालय नेपालगन्जमा सेटिङ सवारी लाईसेन्स रकम असुल्ने ४ जना अख्तियारको नियन्त्रणमा,

Logo
ABC (भन्डाफोर) प्रकाशित बुधबार, चैत्र २७, २०८१

बाँके । यातायात व्यवस्था कार्यालय नेपालगन्जमा रकम असुल्दै सेटिङमा सवारी लाइसेन्स वितरण कार्यमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४ जनालाई नियन्त्रणमा लिएको छ ।

यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर , ज्यालादारीका सहायक कम्प्युटर अपरेट मनोज गिरी , घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज बाँकेका नासु मुकुन्द राज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका प्रोप्राइटर शरदकुमार गोराथोकीलाई नियन्त्रणमा लिइएको छ ।

नक्कली सवारी लाइसेन्स वितरण गरी मासिक ३ करोडभन्दा बढी रकम कलेक्सन गर्ने गरेको सूचना एवं उजुरीको आधारमा त्यहाँ टोली खटाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् । उनका अनुसार आयोगको कार्यालय, टंगाल र बुटवल साथै नेपालगञ्ज सम्पर्क कार्यालयको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिईएको हो । साथै उनीहरूले प्रयोग गर्ने विद्युतीय उपकरण पनि बरामद गरी अनुसन्धान थालिएको आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!