२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रिगल पुनरावलोकनको मागसहित सर्वोच्च अदालत पुगे बृहत् पूर्ण इजलासमा पठाउने आदेश,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र २७, २०८१

काठमाडौं । नेपालगन्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका रिगल ढकाल पुनरावलोकनको मागसहित सर्वोच्च अदालत पुगेका छन्। यो विषयलाई बृहत् पूर्ण इजलासमा पठाउने आदेश भएको सर्वोच्चले जनाएको छ।

उच्च अदालत नेपालगन्जको आदेशलाई चुनौती दिँदै ढकालले सर्वोच्चमा पुनरावेदन गरेका थिए। तर, सरकारबाट कैद छुट पाउने भएपछि उनले १० भदौ ०८० मा मुद्दा फिर्ता लिएका थिए। जसपछि ३ असोजमा उनको कैद मिनाहा भएको थियो। यद्यपि, मृतक मानन्धरको तर्फबाट भारती शेर्पाले रिट दर्ता गराएपछि सर्वोच्चको पूर्ण इजलासले उक्त निर्णय उल्ट्याएको थियो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिको कार्यालयबाट भएको निर्णय न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले माफी गरिएको कैद असुलउपर गर्न आदेश दिएको थियो। सरकारले ढकालको ११ वर्ष ११ महिना पाँच दिन कैद माफ गरेकोमा आइन्दा यस्तो निर्णय गर्दा कानुनद्वारा निर्धारित प्रतिशतको बन्देज, पीडितको हक संरक्षणका साथै उनको मञ्जुरी लिई, नजिर र यसअघिका आदेशसमेत ध्यानमा राखी मात्र निर्णय गर्न परमादेश जारी भएको थियो।

यही फैसलाविरुद्ध ढकाल पुनरावलोकनमा गएका हुन्। १६ कात्तिक ०८० मा सर्वोच्चले यस्तो आदेश गरेकोमा पुनरावलोकनको निस्सा माग गर्दै ढकालले निवेदन दर्ता गराएका थिए। यो निवेदन उनले गत २५ कात्तिकमा दर्ता गराएको पनि यही २१ चैतमा मात्र पहिलो पेसी चढेको थियो।

न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुँयाल र नृपध्वज निरौलाको इजलासले बृहत पूर्ण इजलासमा पठाउन आदेश दिएको हो। ‘तीनजनाको पूर्ण इजलासले यसअघि पनि हेरिसकेकाले पहिलेको एउटा नजिरअनुसार बृहत् पूर्णमा पठाउने आदेश भएको हो,’ सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले भने।

यसअघि बृहत् पूर्ण इजलासबाट गणेश पन्जियारविरुद्ध न्यायपरिषद् भएको मुद्दामा प्रतिपादित नजिरअनुसार बृहत् पूर्णमा पठाउने आदेश भएको हो। तीनसदस्यीय पूर्ण इजलासबाट भएको निर्णयउपर परेको पुनरावलोकनको निवेदनको सुनुवाइ सो फैसला गर्ने न्यायाधीशको संख्याभन्दा बढी संख्या रहेको इजलासबाट हुने गरेको पूर्वअभ्यास एवं न्यायिक परम्परा रहेकाले उक्त इजलासमा पठाइएको हो। अब बृहत् पूर्णले नै निस्सा दिने वा नदिने सम्बन्धमा निर्णय गर्नेछ।

ढकाललाई सरकारले कैद माफी दिई सर्वोच्चले उक्त निर्णय उल्टाए पनि यसै मुद्दाका अन्य प्रतिवादीहरूको मुद्दा भने हाल पनि सर्वोच्चमा विचाराधीन छ। ०६७ असारमा ढकालसमेतका व्यक्तिले मानन्धरको हत्या गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!