३० चैत्र २०८१, आइतबार
13-04-2025 , Sun
×

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बल्खु क्षेत्रको अनुगमन अराजकता र हिंसामा विश्वास नराख्ने स्पष्ट,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र २४, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले अराजकता र हिंसामा विश्वास नराख्ने स्पष्ट पारेका छन्।

उनले पार्टीका सबै कार्यक्रम शान्तिपूर्ण रूपमा सञ्चालन हुने बताउँदै भोलि बल्खु क्षेत्रमा आयोजना हुने प्रदर्शन पनि अहिंसात्मक र भद्र रूपमा सत्याग्रहको स्वरूपमा अघि बढ्ने दाबी गरे।

“हामी कुशासन र भ्रष्टाचारको अन्त्य चाहन्छौँ। यस अभियानमा सहभागी हुन राप्रपाको झण्डा, नेपालको राष्ट्रिय झण्डा वा कांग्रेस, एमाले, माओवादीका समर्थक भए पनि हाम्रा मुद्दालाई समर्थन गर्ने जो कोहीलाई आह्वान गर्छु,” लिङ्देनले भने।

उनले देश बनाउने र बचाउने अभियानमा सबैलाई आफ्नै झण्डासहित सहभागी हुन आग्रह गरे।

यसैबीच, अध्यक्ष लिङ्देनले गत चैत १५ गते भएको प्रदर्शनमा राज्यले नै हिंसा भड्काउन खोजेको आरोप लगाए। उनले हिंसात्मक गतिविधि गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनीसमेत दिए।

राप्रपाका नेता ज्ञानेन्द्र शाहीले भोलिको बल्खु क्षेत्रको कार्यक्रमको तयारीस्वरूप स्थलको अनुगमन गरिएको जानकारी दिए।

काठमाडौँ प्रहरी प्रमुख र मातहतका प्रहरी अधिकारीहरूसँग छलफल गरी प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आवश्यक समन्वय गरिएको उनको भनाइ छ।

राप्रपाले कुशासन र भ्रष्टाचारविरुद्ध आफ्नो अभियानलाई सशक्त बनाउँदै देशव्यापी प्रदर्शनको घोषणा गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पर्सा । बिरगंज जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नेपाल प्रहरीतर्फ एसपी गौतम मिश्रसहित १५ जना घाइते भएका छन् भने सशस्त्र प्रहरीतर्फ ८ जना घाइते भएका हुन् । सर्वसाधारणतर्फ पनि केही घाइते भएको प्रहरीले जनाएको छ । झडप उग्र भएपछि प्रहरीले ७० राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै दुई राउण्ड हवाइ फायर समेत गरेको प्रहरीले जनाएको […]

  पर्सा । वीरगन्जमा शनिबार भएको दुई समुदायबिचको दोहोरो झडप नियन्त्रण लिन सेना परिचालन गरिएको छ । शनिबार साँझ वीरगन्ज महानगरपालिका क्षेत्रमा सेना परिचालन गरिएको हो । त्यसअघि स्थानीय प्रशासनले साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन अहिले सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी […]

बिरगंजम दुई समुहबिच झडप पछी स्थिति तनावग्रस्त जिल्ला प्रशासनद्वारा कर्फ्यु जारी पर्सा । पर्साको वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको छ । दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।

error: Content is protected !!