०४ चैत्र २०८१, मंगलबार
18-03-2025 , Tue
×

घोराही उपमहानगरपालिकाद्वारा संचालित कृषि उपज बजार केन्द्र मण्डीको हाटबजार अनुगमन

Logo
ABC-Sanchar प्रकाशित सोमबार, चैत्र ०३, २०८१

दाङ । घोराही उपमहानगरपालिका किसानमैत्री बनाउन र आम नागरिकहरुको आवागमनलाई सरल र सहज बनाउन उपमहानगरपालिकाका सरोकारवाला शाखाहरुले बिहान ४:०० बजे नै त्यहाँको समिती र टोलसङ्ग समन्वय गरि स्थलगत अनुगमन गरि तपशील बमोजिमका नियमहरु सम्बन्धितले अनिवार्य रुपमा पालना गर्नुपर्ने अन्यथा नियमानुसार जरिवाना समेत गर्ने ब्यबस्था गरेको छ :
तपशील :


१). कृषि बजार केन्द्रको गेटबाहिर, आसपासका सडक फूटपाथ र गेटदेखी भित्र तर्फका दुवै पर्खालछेउका स्थानमा कसैले पनि कुनै ब्यवसायिक गतिविधि गर्न पाइनेछैन ।
२). कृषि बजार केन्द्रका स्टल व्यापारीहरुले आफ्नो स्टलबाट नै ब्यापरिक कार्य गर्ने, खुल्ला रुपमा गर्नुपर्ने भएमा आफ्नो अगाडिको ढलान गरेको खुल्ला ठाउमा किसानलाई प्रभाव नपर्ने गरि बिक्रीवितरण गर्ने तर किसानलाई छुट्टाइएको खुल्ला जमिन क्षेत्रमा भने व्यापारीहरुले बिक्रीवितरण गर्न पाइने छैन ।
३).कृषि बजार केन्द्र भन्दा बाहिरका सटर ब्यबसायीहरुले भित्र ब्यापारिक गतिविधि गर्नुपरेमा अनिवार्य रुपमा कृषि बजार केन्द्रका स्टलहरु भाडामा लिनुपर्ने र स्टल ब्यापारीहरुले पालना गर्नुपर्ने उपरोक्त नियमहरु पालना गरि ब्यावसायिक गतिविधि गर्नुपर्नेछ ।
४). त्यहाँ कसैले पनि व्यावसायिक गतिबिधी गर्दा आम नागरिक र उपभोक्ताहरुको दोहोरो आवागमनलाई सहज बनाउनुपर्ने छ ।
५). कृषि बजार केन्द्रको गेट बिहान ४:०० बजेदेखि नै खोलिने भएकाले बिक्रीवितरणका लागी सवारी साधन खास गरि अटो , रिक्सा र मोटरसाइकलबाट सामान भित्र ल्याउने ब्यापारीहरुले ४:४५ सम्म सामानहरु भित्र ल्याइसक्नुपर्ने छ र कुनै पनि सवारी साधनहरु ४:४५ बजे पछि भित्र प्रबेश गराइनेछैन ।
६). आम उपभोक्ता सहित ब्यापारी ,किसान सवैका सवारी साधनहरु बिहान ९ बजे सम्मका लागि गेटबाहिरको मुलसडकको पुर्व तर्फ पार्किङ गरेर राखिनुपर्ने छ ।
७).यो सम्पुर्ण कार्यको निगरानी घोराही उपमहानगरपालिकाको नगर प्रहरी, त्यहाँको कृषि उपज बजार समिती र सम्बन्धित टोलको आपसी सहयोग र समन्वयमा हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका किसानमैत्री बनाउन र आम नागरिकहरुको आवागमनलाई सरल र सहज बनाउन उपमहानगरपालिकाका सरोकारवाला शाखाहरुले बिहान ४:०० बजे नै त्यहाँको समिती र टोलसङ्ग समन्वय गरि स्थलगत अनुगमन गरि तपशील बमोजिमका नियमहरु सम्बन्धितले अनिवार्य रुपमा पालना गर्नुपर्ने अन्यथा नियमानुसार जरिवाना समेत गर्ने ब्यबस्था गरेको छ : तपशील : १). कृषि बजार केन्द्रको गेटबाहिर, आसपासका […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना तथा मातहत पोष्टहरुले बाँके जिल्लाका विभिन्न विद्यालय तथा महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी चालक ,सह-चालक, सर्वसाधारण, सडक प्रयोग कर्ता,विद्यार्थि, साईल यात्रीहरुलाई सवारी दुर्घटना बाट बच्ने उपायहरु , ट्राफिक नियमका बारेमा यस कार्यालय तथा […]

error: Content is protected !!