०३ चैत्र २०८१, सोमबार
17-03-2025 , Mon
×

मंगलबारदेखि एआईजीका ६ पद रिक्त हुँदैछन् को,को छ्न नयाँ एआईजीको दाबेदारहरु

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ०३, २०८१

काठमाडौं । सोमबारदेखि गण्डकी प्रदेशका डीआईजी भोला रावल तथा सुदुरपश्चिमका गणेश चन्दले पनि आईजीपी बसन्तबहादुर कुँवरसँगै अवकाश पाउँदैछन् ।

कोशी प्रदेशका राजन अधिकारी, लुम्बिनीका दानबहादुर कार्की, मधेसका लालमणि आचार्य, बागमतीका कृष्णहरी शर्मा समेत एआईजी बढुवाको दाबेदार भएकाले ती प्रदेशको नेतृत्व पनि खाली हुने सम्भावना छ ।

जसकारण प्रदेश जानका लागि अहिलेदेखि नै मारामार सुरु भइसकेको छ । प्रदेशमा सरुवा र एआईजीको बढुवासँगै अघि बढाउने गृह मन्त्रालयको तयारी छ । मंगलबारदेखि एआईजीका ६ पद रिक्त हुँदैछन् ।

जसमा चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरी शर्मा, दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी तथा शिद्धिबिक्रम शाह मुख्य दाबेदार छन् ।

यही बढुवाले प्रहरीमा भावी नेतृत्वको तय गर्ने भएकाले पनि एआईजी बढुवामा तिव्र टक्कर छ । उनीहरुमध्ये दानबहादुरको ब्याच २०५४ मा भर्ना भएको थियो भने शिद्धिबिक्रमको ब्याच २०५३ मा भर्ना भएको हो

शिद्धिबिक्रमको ब्याचबाट आईजीपी भएपछि पनि दानबहादुरको ब्याचबाट आईजीपी हुने भएकाले यसपटक २०५३ को ब्याचलाई एआइजीमा अघि तान्ने सम्भावना समेत रहेको स्रोत बताउँछ । किनकी रवि लामिछाने गृहमन्त्री छँदा शाहको व्याचलाई छुटाइएको थियो।

त्यस्तै, डीआईजीहरु उमा चतुर्वेदी, हिमालय श्रेष्ठ, डम्बर बिक, सुशिलसिंह राठौर, दिनेश आचार्य , ईश्वर कार्की, अरुण पौडेल, राजेन्द्र भट्ट, गोविन्द थपलिया लगायत भने सके एआइजी हुने र नभए प्रदेश जाने रणनीतिमा छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीमा अन्तिम दिन मात्रै नयाँ प्रहरी महानिरीक्षकको टुंगो लगाउने भएको छ । सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सोही बैठकले नेपाल प्रहरीको ३१ औं आइजिपी नियुक्त गर्नेछ। नयाँ आइजिपीका लागि एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङबिच प्रतिस्पर्धा छ । उनीहरुमध्येबाट हुने आइजिपी १८ भदौ ०८२ […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर आजैदेखि अनिवार्य अवकाशका कारण घर जाने भएका छन् । आज बस्ने मन्त्रिपरिषदले नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरेकाले कुँवर घर जान लागेका हुन् । आईजीपी कुँवरसँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) ले पनि ३० वर्षे सेवा […]

काठमाडौं । नेपाल प्रहरीको ५३ जना प्रहरी सहायक निरीक्षक (असई)लाई नायव निरीक्षक (सई) मा बढुवा तथा पदस्थापन गरिएको छ । प्राविधिक प्रहरी समूह अन्तरगत विभिन्न उपसमूह तर्फका असईहरूलाई सईमा बढुवा गरी पदस्थापन गरिएको हो ।

error: Content is protected !!