०३ चैत्र २०८१, सोमबार
17-03-2025 , Mon
×

नेपाल प्रहरीका आईजिपी कुँवरलाई सशस्त्र प्रहरी आईजिपी अर्यालले बिदाइ गरे

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र ०२, २०८१

काठमाडौं । हल्चोकस्थित सशस्त्रको मुख्यालयमा आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आइतबार बिदाइ गरेका हुन् । बसन्त बहादुर कुँवरलाई हलचोकमा सलामी प्रदान गरिएको थियो । आईजीपी कुँवर सोमबारबाट सेवा निवृत्त हुँदै छन् । २०७९ चैत १० मा आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा जान लागेका हुन् । कुँवरले करिब दुई वर्ष ८९ हजार फौजको कमाण्ड गरे ।

कुँवरसँगै एआईजीहरू टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि एकसाथ अवकाशमा जाँदै छन् । उनीहरूकै ब्याचमेट डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि चैत ४ मा मध्यराति १२ बजेबाट अवकाश हुन लागेका हुन् ।

टेक प्रसाद राई कुँवरसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएर आईजीपीको प्रतिस्पर्धामा थिए । सो ब्याचका श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले यसअघि नै अवकाश पाइसकेका छन् । जनक भट्टराई केही दिनअघि मात्र एआईजीमा बढुवा भएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीमा अन्तिम दिन मात्रै नयाँ प्रहरी महानिरीक्षकको टुंगो लगाउने भएको छ । सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सोही बैठकले नेपाल प्रहरीको ३१ औं आइजिपी नियुक्त गर्नेछ। नयाँ आइजिपीका लागि एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङबिच प्रतिस्पर्धा छ । उनीहरुमध्येबाट हुने आइजिपी १८ भदौ ०८२ […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर आजैदेखि अनिवार्य अवकाशका कारण घर जाने भएका छन् । आज बस्ने मन्त्रिपरिषदले नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरेकाले कुँवर घर जान लागेका हुन् । आईजीपी कुँवरसँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) ले पनि ३० वर्षे सेवा […]

काठमाडौं । नेपाल प्रहरीको ५३ जना प्रहरी सहायक निरीक्षक (असई)लाई नायव निरीक्षक (सई) मा बढुवा तथा पदस्थापन गरिएको छ । प्राविधिक प्रहरी समूह अन्तरगत विभिन्न उपसमूह तर्फका असईहरूलाई सईमा बढुवा गरी पदस्थापन गरिएको हो ।

error: Content is protected !!