०३ चैत्र २०८१, सोमबार
17-03-2025 , Mon
×

दाङ प्रहरीले लागूऔषध र साइबर अपराध नियन्त्रण विशेष सचेतनामूलक कार्यक्रम

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र ०२, २०८१

दाङ । बंगलाचुली गाउँपालिका वडा नं. ३ स्थित माध्यामिक विद्यालय भेडावारी, मुलावारी समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप आज मिति २०८१।१२।०३ गते बंगलाचुली गाउँपालिका वडा नं. ३ स्थित माध्यामिक विद्यालय भेडावारी, मुलावारीमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा माध्यामिक विद्यालय भेडावारी, मुलावारीको सहकार्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर रानाको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राम कुमार के.सी.को प्रमुख आतिथ्यता, वडा सदस्य शोभराज विश्वकर्मा, प्रधानाध्यापक खगराज लम्साल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, अभिभावक, कक्षा


८,९ र १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा संचालित “बालबालिकासंग सम्बन्धित आधारभुत सुरक्षा तथा उपयोगी जानकारी मूलक कार्यक्रम”मा प्रहरी निरीक्षक राम बहादुर के.सी.ले लागू औषधको परिचय, लागू औषध दुर्व्यसनमा पर्नुको कारण, दुर्व्यसनको असर, लागू औषध नियन्त्रण गर्न शिक्षक, अभिभावक र विद्यार्थीहरुको भूमिका, दाङ जिल्लामा साइबर अपराधको प्रवृती, सामाजिक संजालको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु, बाल विवाह नियन्त्रण, कानूनी प्रावधान लगायत विषयमा सचेतनामूलक प्रशिक्षण दिनु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीमा अन्तिम दिन मात्रै नयाँ प्रहरी महानिरीक्षकको टुंगो लगाउने भएको छ । सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सोही बैठकले नेपाल प्रहरीको ३१ औं आइजिपी नियुक्त गर्नेछ। नयाँ आइजिपीका लागि एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङबिच प्रतिस्पर्धा छ । उनीहरुमध्येबाट हुने आइजिपी १८ भदौ ०८२ […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर आजैदेखि अनिवार्य अवकाशका कारण घर जाने भएका छन् । आज बस्ने मन्त्रिपरिषदले नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरेकाले कुँवर घर जान लागेका हुन् । आईजीपी कुँवरसँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) ले पनि ३० वर्षे सेवा […]

काठमाडौं । नेपाल प्रहरीको ५३ जना प्रहरी सहायक निरीक्षक (असई)लाई नायव निरीक्षक (सई) मा बढुवा तथा पदस्थापन गरिएको छ । प्राविधिक प्रहरी समूह अन्तरगत विभिन्न उपसमूह तर्फका असईहरूलाई सईमा बढुवा गरी पदस्थापन गरिएको हो ।

error: Content is protected !!