
दाङ । तुल्सीपुर मृत्यु हुनेमा सल्यान छत्रेश्वरी गाउँपालिका २ घर भई तुलसीपुर उपमहानगरपालिका ९ गौरी शङ्कर टोलमा अन्टीको कोठामा बस्ने ११ वर्षकी दिपशिखा ओली रहेको प्रहरीले जनाएको छ । अन्टी सङ्गीता खड्काको कोठामा बस्ने दुर्गा प्रसाद ओलीको छोरी दिपशिखालाई बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा टाउको र मुखमा चोट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सूर्य रानाले जानकारी दिए ।
बालिकाको शब घटना स्थलमै रहेको प्रहरी प्रवक्ता रानाले बताए । तुलसीपुर उपमहानगरपालिका ९ गौरीशङ्कर टोलदेखि अटो भिलेज तर्फ जाँदै गरेको रा १ त ३२३९ नम्बरको खाली ट्याक्टरले पैदल यात्री दिपशिखालाई ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रवक्ता रानाले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।