०२ चैत्र २०८१, आइतबार
16-03-2025 , Sun
×

शनिबार तपाईहरुको राशिफल

Logo
ABC-Sanchar प्रकाशित शनिबार, चैत्र ०१, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन सामान्य राम्रो छ। काम गर्दा सचेत बन्नुपर्नेछ। मिहिनेतको फल गुम्ने जोखिममा छ। शत्रु बढ्नेछन्। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट राहत मिल्नेछ। 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा कर्तव्य पूरा गरेर अगाडि बढ्नुपर्नेछ। प्रेम सम्बन्धमा धोका हुने जोखिम छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। साना कुराले झन्झट थपिने जोखिम छ। धार्मिक व्यक्तिसँग भएको वार्ताले मनमा शान्ति मिल्नेछ। व्यापारमा ठूलो लगानी नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन राम्रो छ। चिताएका कार्यहरु पूर्ण हुनेछन्।धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): धनलक्ष्मी योग परेको छ। यसलाई सदुपयोग गर्न सके फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ। 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): हरेक काम सहजै बन्नेछन्। साथीभाइको साथमा काम सहजै बन्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सहकार्य सहज बन्ने योग छ। 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समय र सम्पत्ति खर्च हुने जोखिम छ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। विपक्षी साथीले असहयोग गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। निर्णय गर्नु अगाडि सोच्नु उपयुक्त हुन्छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन राम्रो छ। आम्दानीका स्रोत राम्रा छन्। अभिभावकको सल्लाहमा अगाडि बढ्नु उचित हुनेछ। मिहिनेतको फल प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने समय छ। स्वास्थ्यमा समस्या देखिनेछ। 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दिन सामान्य छ। लगानीका क्षेत्रमा घाटा हुनेछ। साना कुराले मनमा झन्झट बढ्नेछ। शरीरमा आलस्य बढ्नेछ। परिवारले तपाईंको अवस्था विपरीत कुरा गर्दा मन अशान्त बन्नेछ। धार्मिक क्षेत्रको भ्रमण गरे मन शान्त बन्नेछ। 

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि): साढेसाती दशा भए पनि शुभग्रहको बहुमत भएकाले सोचेका काम बन्नेछन्। व्यापारमा गरेको लगानीले उत्साह थप्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। अभिभावकको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मन अशान्त बन्नसक्छ। श्रमको मूल्य प्राप्त नहुने जोखिम छ। शनि अनुकूल भएमा मनमा शान्ति मिल्नेछ। एकल निर्णय आजको लागि घातक हुनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): मनमा चिन्ता बढ्नेछ ।बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। काम गर्दा सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। 

माधवा शर्मा ।
ज्योतिषाचार्य तथा वास्तु विद् ।
सचिव नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश।
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु चारले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय […]

  दाङ । तुल्सीपुर मृत्यु हुनेमा सल्यान छत्रेश्वरी गाउँपालिका २ घर भई तुलसीपुर उपमहानगरपालिका ९ गौरी शङ्कर टोलमा अन्टीको कोठामा बस्ने ११ वर्षकी दिपशिखा ओली रहेको प्रहरीले जनाएको छ । अन्टी सङ्गीता खड्काको कोठामा बस्ने दुर्गा प्रसाद ओलीको छोरी दिपशिखालाई बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा टाउको र मुखमा चोट लागेको थियो । उनको घटनास्थलमै […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार नियम विपरीत चलाएका सवारी साधनहरु धमाधम नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ ।शुक्रबार दाङ जिल्लाका विभिन्न स्थानमा दिनभर गरिएको सवारी चेकजाँचका क्रममा ती सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको दाङ ट्राफिक प्रमुख शाहीले बताउनुभयो । उहाँका अनुसार हेलमेट नलगाएर मोटरसाइकल […]

error: Content is protected !!