०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

विभिन्न ब्याक्तीलाई पैसा नभएको चेक दिने बैंकिङ कसुरको फरार प्रतिवादी पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण ३०, २०८१

काठमाडौं । दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका कुयाङछुयाङ दोर्जे लामालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।

काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएर फरार रहेका ४९ वर्षीय लामा अनामनगरबाट पक्राउ परेका हुन् । उनलाई कारबाहीका लागी प्रहरी वृत्त महाराजगन्जमा पठाइएको एसपी आचार्यले जानकारी दिए । उनी काठमाडौँ महानगरपालिका वडा नम्बर–६ मा बस्दै आएका थिए ।

उनीविरुद्ध प्रहरी वृत्त मालीगाउँमा पनि २४ लाख बिगो भएको बैंकिङ कसुरको जाहेरी दर्ता भएको भेटिएको छ । पाँचवटा सहकारी एकीकरण भएर बनेको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन पनि लामा संलग्न देखिएका छन् । काठमाडौँ जिल्ला अदालतमा विचाराधीन आइडिलय यमुनाको मुद्दामा समेत उनी फरार रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवरलगायत नौ उच्च अधिकारीले सोमबारदेखि अनिवार्य अवकाश पाउँदै छन् । आइजिपीले अवकाश पाउन तीन दिन मात्र बाँकी रहँदा पनि सरकारले प्रहरीमा नयाँ नेतृत्व चयन गरेको छैन । प्रहरी महानिरीक्षक कुँवरसहित पाँच अतिरिक्त महानिरीक्षक (एआइजी) तथा तीन नायब महानिरीक्ष (डिआइजी)ले ३० वर्षे सेवाहदका कारण अवकाश पाउन लागेका हुन्। एआइजीहरू टेकप्रसाद […]

महोत्तरी । फागुन पूर्णिमाका दिनदेखि मधेशमा जारी होली पर्व खासखास स्थानमा आज पनि मनाइँदैछ । यहाँका सात स्थानीयतहमा आज धुमधुमसाथ होली मनाउने तयारी छ । मधेशमा होली पर्व मनाउने तीन परम्परा छन् । पर्वते समुदायले फागुन पूर्णिमाकै दिन मनाउँछन् । त्यसैगरी पूर्णिमा सकिने र चैत शुक्ल प्रतिपदा सुरु हुने तिथिको दिन पारेर मधेशका धेरैजसाले होली […]

  कैलाली । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज […]

error: Content is protected !!