०४ चैत्र २०८१, मंगलबार
18-03-2025 , Tue
×

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट १६ जनाको हालसम्म मृत्यु

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण ३०, २०८१

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट
१६ जनाको हालसम्म मृत्यु

मोरङ । लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो । ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

बेलबारी–११ स्थित लक्ष्मी समुदायिक वन क्षेत्रमा दाउरा लिन जन्मिएका स्थानीय लक्ष्मी बोगटी गत फागुन २४ गते जङ्गली हात्तीको आक्रमणबाट घाइते भए । भागेर ज्यान जोगाउन सफल हुनुभएकी बोगटीको हात भाँचिएको छ भने शरीरमा चोटपटक लागेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए ।

डिभिजन वन कार्यालय मोरङको तथ्याङ्कअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १६ जनाको मृत्युु भइसकेको छ । यसअवधिमा नौ वटा हात्तीको मृत्यु भएको कार्यालयका वन अधिकृत घनश्याम यादवले जानकारी दिए । जसमध्ये चार वटा हात्ती प्राकृतिक कारणले, तस्करी चोरी सिकारीबाट दुई वटा, गोली हानेर एउटा वटा, बेवारिसे एउटा र करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ ।

गत वर्षदेखि मोरङको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जङ्गली हात्तीको बिज्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन् । ‘हरेक राति जङ्गली हात्ती बस्तीमा छिरेर त्रसित बनाइरहेको, बालीनाली खाइदिएर कृषकलाई हैरान पारेको छ’, बेलबारी–४ काकुमका हरिप्रसाद मिश्र बताउँछन् ।

दिउँसो जङ्गलमा रहने हात्तीका हुल साँझ परेसँगै आहाराको खोजीमा बस्ती पस्ने गरेको मिश्रले बताए । हात्तीले घर भत्काइदिने, बाली खाइदिने र आक्रमण गर्ने डरले सर्वसाधारण रातभर जागा बस्नुपर्ने बाध्यता रहेको उनले बताए ।

जङ्गली हात्ती मानवबस्तीमा पस्न थालेपछि प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रमअनुसार ‘एक समुदायिक वन एक संरक्षण पोखरी’अन्तर्गत वन क्षेत्रमा पोखरी खन्न थालिएको डिभिजन वन कार्यालयले जनाएको छ । मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्नका लागि वन क्षेत्रमा करिव १५७ दशमलव ८ हेक्टर क्षेत्रमा खानयोग्य फलजन्य प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ । फलजन्य प्रजातिमा बेल, अमला, कटहर, बडहर, किम्बु, हर्रोबर्रो, सरिफा, अम्बालगायत बिरुवा रोपिएको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक भव्य समारोहमाबीच नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले विशेष सम्मानसहित कुँवरलाई बिदाई गरेका हुन् । उनले कुँवरलाई मायाको चिनो दिएर बिदाई गरे । कुँवरको बिदाई कार्यक्रममा नवनियुक्त आईजीपी थापाका प्रतिस्पर्धीद्वय सुदीप गिरी र टेक बहादुर तामाङ पनि सहभागी थिए । तीन दशकभन्दा बढी सेवा पुर्‍याएका कुँवर सेवा […]

  काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपीमा नियक्त भएका हुन् । एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरी प्रमुख बनेका हुन् । विद्यमान प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल करिब ६ महिनाको हुनेछ । सेवा प्रवेश गरेदेखि एआईजी हुँदासम्म थापाले २० भन्दा बढी युनिटको […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतको बिदाई कार्यक्रम सम्पन्न भएको छ । मिति २०५१ चैत्त ०५ गते सेवा प्रवेश गरी प्रहरी नियमावली २०७१ बमोजिम ३० वर्षिय सेवा हदको कारण मिति २०८१।१२/०५ गते अनिवार्य अवकाश भई जान लाग्नुभएका […]

error: Content is protected !!